नियमित खोप कार्यक्रम तथा सरसफाई प्रवर्द्धनकाे समिक्षा तथा सुक्ष्म योजना अध्यावधिक गोष्ठी
मिति 2081/07/08 र 09 गते
स्वास्थ्य कार्यालय, पर्वतको आयोजना र मोदी गाउँ पालिका स्वास्थ्य शाखाकाे समन्वयमा नियमित खोप कार्यक्रम तथा सरसफाई प्रवर्द्धनकाे समिक्षा तथा सुक्ष्मयोजना अध्यावधिक गोष्ठी गाउँपालिकमा सम्पन्न भएको छ। उक्त कार्यक्रम स्वास्थ्य कार्यालय पर्वतका कार्यालय प्रमुख श्री प्रवीण शर्माकाे अध्यक्षता र मोदी गाउँपालिकाका उपाध्यक्ष श्री विमल लामिछानेकाे प्रमुख आथीत्यता, सामाजिक विकास समिति संयोजक श्री सुक बहादुर गुरुङ,स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराका खोप अधिकृत श्री एकनारायण लम्साल,WHO/IPD पोखराका Servilance lmmunization medical officer श्री डा स्मृति लामा,युनिसेफका प्रतिनिधि ,मोदी गाउँ पालिकाका प्रशासकीय अधिकृत श्री प्रवीण पोख्रेल मोदी गाउँ पालिका स्वास्थ्य शाखा प्रमुख श्री उमेश कुमार अधिकारीकाे आतिथ्यता र मोदी गाउँ पालिका अन्तर्गतको स्वास्थ्य संस्था प्रमुख, सामुदायीक स्वास्थ्य इकाई का प्रमुख तथा प्रतिनिधि र खोप सेवा प्रदान गर्ने स्वास्थ्य कर्मीकाे सहभागीतामा कार्यक्रम सञ्चालन भएको थियो। 2 दिन सम्म सञ्चालन भएको सो कार्यक्रममा स्वास्थ्य निर्देशनालय पोखराका खोप अधिकृत एकनारायण लम्साल,WHO/IPD का SIMO स्मृति लामा, जनस्वास्थ्य अधिकृत ममता ढकाल, जनस्वास्थ्य निरिक्षक प्रकाश गौतम,परिवार नियोजन सुपर भाईजर निरिक्षक श्री नारायण प्रसाद रेग्मी र मोदी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख श्री उमेश कुमार अधिकारीले सहजिकरण गर्नु भएको थियो ।उक्त कार्यक्रममा मोदी गाउँपालिका अन्तर्गत सबै स्वास्थ्य संस्था बाट स्वास्थ्य संस्था प्रमुख र खोप दिने स्वास्थ्यकर्मी गरी 35 जना स्वास्थ्यकर्मीहरुकाे सहभागिता रहेको थियो ।
Download: नियमित खोप कार्यक्रम तथा सरसफाई प्रवर्द्धनकाे समिक्षा तथा सुक्ष्म योजना अध्यावधिक गोष्ठी
103
