किटजन्य रोगहरुको अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम
मिति २०८१।०२।३२गते
स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा फलेवास नगरपालिका वडा नं. ४ स्थित मुडिकुवा स्वास्थ्य चाैकी मा “किटजन्य रोगहरुको अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम” सम्पन्न भएको छ । फलेवास नगरपालिका वडा नं. ४ का कार्यबाहक वडा अध्यक्ष श्री देव शर्मा लम्सालज्यू को अध्यक्षता रहेको उक्त कार्यक्रममा स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समिति (HFOMC), स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरु र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका गरी जम्मा २६ जनाको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन स्वास्थ्य चौकी प्रमुख दुर्गा वहादुर थापाले गर्नु भएको थियो ! उक्त कार्यक्रममा सहजिकरण स्वास्थ्य कार्यालय पर्वतकी जनस्वास्थ्य अधिकृत ममता ढकाल , मुडिकुवा स्वास्थ्य चौकिका जनस्वास्थ्य निरीक्षक दुर्गा थापाज्यू र स्वास्थ्य कार्यालय पर्वतका पब्लिक हेल्थ नर्सिङ निरीक्षक सुमन शर्माले गर्नु भएको थियो । कार्यक्रममा डेंगी, कालाजार, स्क्रव टाइफस, औलो, चिकनगुनिया र जीका भाइरस रोगहरुबारे छलफल गरिएको थियो ।
Download: किटजन्य रोगहरुको अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम
113
