"लामखुट्टेको वासस्थान खोजौं र नष्ट गरौं" अभियान अन्तर्गत सरोकारवालाहरु संग अन्तर्कृया तथा छलफल कार्यक्रम
२०८१/५/७ गते: स्वास्थ्य कार्यालय पर्वतको आयोजना तथा कुश्मा नगरपालिका स्वास्थ्य शाखा को समन्वयमा जिल्ला प्रशासन कार्यालयमा आयोजित नियमित कार्यालय प्रमुखको वैठकमा डेंगु लगायत किटजन्य रोगहरूको रोकथाम तथा नियन्त्रणका लागि "लामखुट्टेको वासस्थान खोजौं र नष्ट गरौं" अभियान अन्तर्गत सरोकारवालाहरु संग अन्तर्कृया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।प्रमुख जिल्ला अधिकारी श्रीमान केदारनाथ शर्माकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमकाे सहजिकरण स्वास्थ्य कार्यालयका कार्यक्रम फाेकल पर्सन तेज प्रसाद सुवेदीले गर्नु भएकाे थियाे भने सन्चालन प्रशासकिय अधिकृत अर्जुन शर्माले गर्नुभएकाे थियाे।
118
