महिला सामुदायिक स्वास्थ्य स्वंय सेविकाहरूको लागि सम्मानजनक विदाई कार्यक्रम
मिति २०८१-०१-१६ गते
स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा जिल्लामा कार्यरत महिला सामुदायिक स्वास्थ्य स्वंय सेविकाहरूको लागि सम्मानजनक विदाई कार्यक्रम, स्वास्थ्य कार्यालय पर्वतका नि.कार्यलय प्रमुख रघुनाथ रेग्मीको अध्यक्षता तथा प.हे.न.नि सुमन शर्माको सन्चालनमा सम्पन्न भएको छ । उमेरले ६० वर्ष पुग्नु भएका र १० वर्ष भन्दा बढी सेवा गरि हाल शारीरिक रुपमा अशक्त भएर सेवा गर्न नसक्नु भएका १० जना महिला सामुदायिक स्वास्थ्य स्वंमसेविकाहरूलाई कदर पत्र वितरण गरि सम्मान गरिएको थियो।
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको रुपमा रहि तपाइँहरुले समुदाय स्तरमा पुराउनु भएको योगदानको स्वास्थ्य कार्यालय पर्वतको तर्फबाट उच्च सम्मान गर्दछौं साथै सेवानिवृत्त जीवन सुखद रहोस् भनी सुभकामना पनि दिन चाहान्छौ !
Download: महिला सामुदायिक स्वास्थ्य स्वंय सेविकाहरूको लागि सम्मानजनक विदाई कार्यक्रम
127
