महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको लागि आधारभूत तालिम सम्पन्न
मिति २०८१/०१/१८ देखि ०१/२७ सम्म
स्वास्थ्य कार्यालय, पर्वतको आयोजनामा , पैयू गाउँपालिका र विहादी गाउँपालिकाको समन्वयमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको लागि आधारभूत तालिम सम्पन्न भएको छ ! कार्यक्रम स्वास्थ्य कार्यालय पर्वतको कार्यालय प्रमुख श्री प्रविण शर्मा ज्यूको अध्यक्ष्तामा , पैयू गाउँपालिकाको अध्यक्ष श्री तोरण मल्ल ठकुरीज्यूको प्रमुख आतिथ्यतामा र प्रमुख प्रशासकिय अधिकृत श्री इन्जिनियर राजिव रिमालज्यू , स्वास्थ्य शाखा प्रमुख श्री देवि प्रसाद भुर्तेलज्यूको उपस्थितिमा सम्पन्न भएको छ । उक्त तालिममा प्रशिक्षण भोर्ले स्वास्थ्य चौकीका सि.अ.हे.व अधिकृत चन्द बहादुर गुरुङ र सरौखोला स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट अरबिन्द कुमार साह तेलि ज्यूले गर्नुभएको थियो जसमा पैयू गाउँपालिकाका ६ जना र विहादी गाउँपालिकाको ३ जना गरि जम्मा ९ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको उपस्थिति रहेको थियो । तालिम पाप्त स्वयंसेविकाहरुलाइ स्वास्थ्य कार्यालयवाट प्रमाणपत्र, बोड, झोला, टिनको बाकस सहित निर्देशिका बमोजिमको आधारभुत सामाग्री पनि उपलब्ध गराइएको छ । कार्यक्रम स्वास्थ्य कार्यालय पर्वतको पब्लिक हेल्थ नर्सिङ निरीक्षक सुमन शर्माले संचालन गर्नु भएको थियो ।
Download: महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको लागि आधारभूत तालिम सम्पन्न
139
