महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको लागि पुनर्ताजगी तालिम
स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा र मोदि गाउँपालिका तथा कुश्मा नगरपालिकाको समन्वयमा मिति २०८१/०२/१६ देखि ०२/१९ सम्म मोदि ( देउपुर स्वास्थ्य चौकी र तिलाहार स्वास्थ्य चौकिमा ) र मिति २०८१/०२/१७ देखि ०२/२० सम्म स्वास्थ्य कार्यालय, पर्वतमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको लागि पुनर्ताजगी तालिमको तिन ब्याच समपन्न भएको छ ! तीन स्थानमा सम्पन्न भएको उक्त तालिममा जम्मा ५५ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको सहभागिता रहेको थियो ! तालिममा प्रशिक्षण सहयोग गर्ने सम्पुर्ण प्रशिक्षकहरुलाई धन्यवाद दिन चाहन्छौ ! तालिममा खोप, पोषण, सुरक्षित मातृत्व , गर्भपतन , नसर्ने रोग जस्ता महत्वपूर्ण विषयमा छ्लफल गरिएको छ ! तालिमको अन्तिम दिनको समापन सत्र देउपुर स्वास्थ्य चौकी र तिलाहार स्वास्थ्य चौकिमा सम्बन्धित वडाको वडा अध्यक्षज्यूको अध्यक्ष्तामा सम्पन्न भएको थियो भने स्वास्थ्य कार्यालय पर्वतमा आयोजना भएको तालिमको समापन सत्र स्वास्थ्य कार्यालय पर्वतका नि. कार्यालय प्रमुख रघुनाथ रेग्मीज्यूको अध्यक्ष्तामा र पर्वत अस्पताल कुश्माको अस्पताल व्यवस्थापन समितिको अध्यक्ष शकर गरिज्यूको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो !
Download: महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको लागि पुनर्ताजगी तालिम
141
