महिलाहरुको लागि निशुल्क स्क्रिनिङ शिविर जलजला गाउँपालिका
मिति २०८१/०३/०८ गते
स्वास्थ्य कार्यालय पर्वतकाे आयाेजना र जलजला गाउँपालिकाकाे समन्वयमा माहिलाहरुको लागि निशुल्क स्क्रिनिङ शिविर जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यको अध्यक्षतामा र स्वास्थ्य कार्यालय पर्वतका प.हे.न.नि सुमन शर्माको ब्यवस्थापनमा र जनस्वास्थ्य अधिकृत अन्जली पि.सिको संचालनमा धाइरिङ स्वास्थ्य चौकीमा सम्पन भएको छ । पर्वत अस्पतालबाट स्त्री रोग बिषेशज्ञ डा सन्तोषी थपलिया, एमडीजपि डा मिलान अवाले, ब.अ न.नि स्वरस्वती बराल , कुश्मा नगरपालिकाका सि.अ.न.मी दुर्गा सापकोटा ,जलजला गा.पा स्वाथ्य शाखाका सि.अ .न .मी अन्जली बैरागी ,VIA तालिम प्राप्त स्वास्थ्यकर्मी शान्ती शर्मा, राधा शर्मा र दिलु रिजाल सहितको टिमको उपस्थितीमा सेवा प्रवाह गरिएको उक्त शिविरमा १०२जनाले सेवा लिनु भएको थियो जसमा ८५ जना मा VIA बिधि मार्फत पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ र स्तन क्यान्सरको स्क्रिनिङ गरिएको थियो जसमध्ये ४ जनामा VIA positive आएको छ ! ६ जनाको आङ खस्ने समस्याको ब्यवस्थापन गरि पोखरा स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा प्रेषण गरिएकाे थियो । शिविर सञ्चालन र सम्पन्न गर्न सहयोग गर्नु हुने सम्पूर्ण सबै लाई स्वास्थ्य कार्यालय पर्वतको तर्फबाट बिषेश धन्यवाद व्यक्त गर्दछौ ।
Download: महिलाहरुको लागि निशुल्क स्क्रिनिङ शिविर जलजला गाउँपालिका
162
