मातृ तथा नवशिशु स्वास्थ्य सम्बन्धि onsite coaching मेन्टोरिङ कार्यक्रम (कुश्मा स्वास्थ्य चौकी)
२०८१/०२/०६देखि ०२/०८
स्वास्थ्य कार्यालय पर्वतको आयोजना तथा कुश्मा नगरपालिका , कुश्मा स्वास्थ्य चौकी पाङको समन्वयमा स्वास्थ्य संस्थामा कार्यरत प्रसूति सेवा प्रदायकहरुको लागि मातृ तथा नवशिशु स्वास्थ्य सम्बन्धि onsite coaching मेन्टोरिङ कार्यक्रम सम्पन्न भएको छ । जसमा सामान्य प्रसूति , प्रसूती पछिको अत्याधिक रक्तस्राव व्यवस्थापन , Pre eclampsia / Eclampsia को व्यवस्थापन , Condom tamponade, Kangaroo mother care, निशासिएको नवशिशुको व्यवस्थापन, recording reporting , infection prevention जस्ता विषयमा ज्ञान् सिप को बिकास गरिएको छ । Onsite coaching मा सहभागी ५ जना सेवा प्रदायकहरुलाई प्रशिक्षण मेन्टर सरस्वती बराल ( वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक, पर्वत अस्पताल ) दुर्गा सापकोटा ( सि.अ.न.मी अधिकृत ,कुश्मा नगरपालिका स्वास्थ्य शाखा ) र सगुन क्षेत्री ( सि.अ.न.मि ,मल्लाज स्वास्थ्य चौकि) हरुले गर्नु भएको थियो । Onsite coaching को तेश्रो दिन बर्थिङ सेन्टरको गुणस्तर सुधार अनुगमन ( QIP)गरी सुधारको लागि बैठक स्वास्थ्य संस्था व्यवस्थापन समितिका अध्यक्ष खगराज पौडेल ज्यूको अध्यक्ष्तामा सम्पन्न भएकाे छ। उक्त कार्यक्रममा कुश्मा स्वास्थ्य चौकी व्यवस्थापन समिती का सदस्य , स्वास्थ्य कार्यालय पर्वत को कार्यक्रम फोकल पर्सन सुमन शर्मा, संस्थाका कर्मचारी गरी १३ जनाको उपस्थितीमा सुधार गर्नुपर्ने विषयहरुमा कार्ययोजना पनि बनाइएको छ । यस सगै पर्वत जिल्लामा यस आर्थिक बर्षमा स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा ८ ब्याच Onsite coaching सम्पन्न भैसकेको छ ।
Download: मातृ तथा नवशिशु स्वास्थ्य सम्बन्धि onsite coaching मेन्टोरिङ कार्यक्रम (कुश्मा स्वास्थ्य चौकी)
100
