Maternal & Perinatal Death Surveillance and Response [MPDSR] समिति वैठक
मिति २०८२।१२।१८ गते
प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आयोजनामा जिल्ला मातृ तथा पेरिनेटल मृत्यू निगरानी तथा प्रतिकार्यMaternal & Perinatal Death Surveillance and Response [MPDSR] समिति वैठक समितिको अध्यक्षय एवम जिल्ला समन्वय समिती प्रमुख श्री विष्णुराम बि.क ज्यूको अध्यक्ष्तामा सम्पन्न भएको छ ! बैठकमा समितिको सम्पुर्ण सदस्यहरुको उपस्थिति रहेको थियो । वैठकमा यस आर्थिक वर्षमा समुदाय स्तरमा संचालन हुन लागेको मातृ तथा पेरिनेटल मृत्यू निगरानी तथा प्रतिकार्य कार्यक्रमको समिक्षा गरि आगामी दिनको लागि योजना समेत वनाईएको छ । यसै सगै पर्वत जिल्लामा जिल्लास्तरिय ७ व्याच समुदाय स्तरमा मातृ तथा पेरिनेटल मृत्यु निगरानी तथा प्रतिकार्य कार्यक्रम निरन्तरता तथा विस्तार कार्यक्रको अभिमुखिकरण सम्पन्न भएको छ । मिति :२०८२।१२।१८ देखि र १२ ।२५ सम्म ( महिला सामुदायिक स्वास्थ्य स्वंयसेविका तथा वडा स्तरिय MPDSR समितिको अभिमुखिकरण) र मिति :२०८२।१२।२६ देखि र १२ ।३० सम्म ( पालिका स्तरिय MPDSR समितिको अभिमुखिकरण) गर्ने योजना रहेको छ ।
Download: Maternal & Perinatal Death Surveillance and Response [MPDSR] समिति वैठक
1
