• साईटम्याप
  • लो ब्यान्डविड्थ
  • स्क्रीन रीडर
  • 067-420119
  •   Dark
  • अ‌‌+ अ‌ अ‌-
  •   English

गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

प्रदेश जनस्वास्थ्य कार्यालय

कुश्मा, पर्वत, नेपाल

  • हाम्रो बारेमा
    हाम्रो बारेमा हाम्रा कार्यहरु नागरिक वडापत्र दरबन्दी संरचना कार्यालयका कर्मचारीहरु
  • सूचना तथा समाचार
    सूचना समाचार प्रेस विज्ञप्ती स्थानीय तह विशेष
  • मौजूदा कानून
    ऐन नियम
  • प्रकाशन
    प्रकाशन स्वतः प्रकाशन मासिक बुलेटिन विद्यालय स्वास्थ्य शिक्षा
  • डाउनलोड
    बोलपत्र विल तथा फारम अनुसुचि तथा फारामहरु निर्देशिका
  • मिडिया
    फोटोहरु भिडियोहरु
  • तालिमको विवरण
    आ व: २०८०-८१ आ.व २०८१-८२ आ.व २०८२-८३
  • सम्पर्क
  1. गृहपृष्ठ
  2. समाचार
  3. मानसिक स्वास्थ्य सचेतना तथा प्रवर्द्धन कार्यक्रम

मानसिक स्वास्थ्य सचेतना तथा प्रवर्द्धन कार्यक्रम



मिति २०८३ साल असार १०, ११, १२ र १८ गते

प्रदेश जनस्वास्थ्य कार्यालय, पर्वतको आयोजनामा तथा कुश्मा नगरपालिका र फलेवास नगरपालिकाका स्वास्थ्य शाखा एवं सम्बन्धित स्वास्थ्य संस्थाहरूको समन्वय तथा सहयोगमा मानसिक स्वास्थ्य सचेतना तथा प्रवर्द्धन कार्यक्रम वडा तथा विद्यालयस्तरमा सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रम अन्तर्गत असार १० गते कुश्मा नगरपालिका वडा नं. १ (पाङ), असार १२ गते फलेवास नगरपालिका वडा नं. २ (थापाठाना) मा समुदायस्तरीय कार्यक्रम तथा असार ११ गते श्री नारायण माध्यमिक विद्यालय, असार १२ गते थापाठाना माध्यमिक विद्यालय र असार १८ गते श्री नमुना आवासीय माध्यमिक विद्यालयमा विद्यार्थीहरु लक्षित सचेतनामूलक कार्यक्रम संचालन गरिएको थियो।

समुदायस्तरीय कार्यक्रमको अध्यक्षता प्रदेश जनस्वास्थ्य कार्यालय, पर्वतका कार्यालय प्रमुख श्री बद्रीराज आचार्यले गर्नुभएको थियो भने सम्बन्धित वडा अध्यक्षहरू प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमको सहजीकरण पर्वत अस्पतालका मे.अ. डा. सलिना पौडेल, जिल्ला प्रहरी कार्यालय,पर्वतका प्रहरी निरीक्षक दिनेश पौडेल, प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका प.हे.न.नि. सुमन शर्मा तथा जनस्वास्थ्य अधिकृत सन्देश पोखरेलले गर्नुभएको थियो।

कार्यक्रममा मानसिक स्वास्थ्यको महत्व, तनाव व्यवस्थापन, आत्महत्याका जोखिम संकेतहरूको पहिचान, मनोसामाजिक सहयोग तथा आत्महत्या रोकथामका उपायहरूबारे जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा वडा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थी, महिला स्वास्थ्य स्वयंसेविका तथा अन्य स्थानीय सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Download: मानसिक स्वास्थ्य सचेतना तथा प्रवर्द्धन कार्यक्रम


Share Tweet Share
32
महत्वपूर्ण लिंकहरु

  • प्रदेश तर्फ
  • संघ तर्फ
  • अन्य
  •   मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,गण्डकी प्रदेश,पोखरा
  •   भौतिक पूर्वाधार,शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   कानून,सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   अर्थ मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश नीति योजना आयोग, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश सभा, गण्डकी प्रदेश, पोखरा
  •   मुख्यन्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार, काठमाडौं
  •   गृह मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   अर्थ मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाहपथ, काठमाडौं
  •   स्वास्थ्य सेवा विभाग, टेकु, काठमाडौं
  •   लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौं
  •   परिवार कल्याण महाशाखा
कार्यालय भएकाे स्थान

सम्पर्क ठेगाना

गण्डकी प्रदेश सरकार

प्रदेश जनस्वास्थ्य कार्यालय
कुश्मा, पर्वत, नेपाल

067-420119

dhoparbat44@gmail.com

https://phoparbat.gandaki.gov.np

Developed By:Virtual Technology Pvt. Ltd. This site has been viewed Times
© Province Public Health Office 2026