मानसिक स्वास्थ्य सचेतना र पैरवी कार्यक्रम
मिति -२०८२/०३/१३
प्रदेश जनस्वास्थ्य कार्यालय पर्वत काे आयाेजना र महाशिला गाउपालिकाकाे समन्वयमा मानसिक स्वास्थ्य सचेतना र पैरवी कार्यक्रम महाशीला गा.पा का अध्यक्ष ईश्वरी भुसाल को अध्यक्षतामा सम्पन्न भएको छ । मानसिक स्वास्थ्य समस्याको सचेता र यसको नीति तथा योजना निर्माणमा सहयोग गर्न उद्देश्यका साथ जनप्रतिनिधि , प्रमुख प्रशासकिय अधिकृत,स्वास्थ्यकर्मी , गा पा अन्तर्गतका मा .बीका शिक्षक शिक्षिकाहरु, सञ्चारकर्मीहरु सरोकारवालाहरु लगायत म.स्वा.सेविकाहरू संग उक्त कार्यक्रम गरिएको हो जसको सहजीकरण प्रदेश जनस्वास्थ्य कार्यालय ज स्व नि प्रकाश गाैतम र जनस्वास्थ्थ अधिकृत अन्जली पि सिले गर्नु भएकाे थियाे भने संचालन स्वास्थ्य शाखा प्रमुख नर बहादुर बराल ले गर्नु भएको थियो । कार्यक्रममा जनप्रतिनिधिहरु , प्रमुख प्रशासकिय अधिकृत,स्वास्थ्यकर्मीहरु , गा पा अन्तर्गतका मा बीका शिक्षक शिक्षिका, सञ्चारकर्मीहरु सरोकारवालाहरु लगायत म.स्वा.सेविकाहरू गरी ४० जनाको सहभागिता रहेको थियो ।
Download: मानसिक स्वास्थ्य सचेतना र पैरवी कार्यक्रम
107
