मासिक भर्चुअल सेसन भाग १६
मासिक भर्चुअल सेसन भाग १६
मिति २०८२।०८ ।१९ गते प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतद्वारा मासिक भर्चुअल सेसन भाग १४ अन्तर्गत २२ औ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वंयसेविका दिवस २०८२ को उपलक्ष्यमा भर्चुवल सेसन मार्फत महिला सामुदायिक स्वास्थ्य स्वंयसेविकाहरु सगँ अन्तर्क्रिया गरिएको थियो । " महिला सामुदायिक स्वास्थ्य स्वंयसेविका कार्यक्रम र स्वंयसेविका कोष परिचालन " शिर्षकमा सहजिकरण भएको उक्त सेसन प्रदेश जनस्वास्थ्य कार्यालय कुश्मा पर्वतका कार्यालय प्रमुख बद्रिराज आचार्यको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त सेसनको संचालन र सहजिकरण प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका प.हे. न. नि सुमन शर्माले गर्नुभएको थियो। उक्त सेसनमा कार्यालय प्रमुख बद्रिराज आचार्यले सुभकामना मन्तव्य सहित आवश्यक, सल्लाह सुझाव दिनुभएको थियो । १ घण्टा ३० मिनेटको सेसनमा जिल्लाका विभिन्न स्वास्थ्य संस्था बाट जुम आइडी मार्फत करिव ६० जना भन्दा बढी स्वाथ्यकर्मीहरु र महिला सामुदायिक स्वास्थ्य स्वंयसेविकाहरुको सहभागिता रहेको थियो ।
Download: मासिक भर्चुअल सेसन भाग १६
28
