मासिक भर्चुअल सेसन भाग ९
स्वास्थ्य कार्यालय पर्वत द्वारा शुन्य लागतमा शुरु भएको मासिक भर्चुअल सेसन भाग ९ अन्तर्गत २०८१ पौष महिनाको सेसन " EHMIS Update" शिर्षकमा सम्पन्न भएको छ । उक्त सेसनको संचालन स्वास्थ्य कार्यालय पर्वतका प्रमूख प्रविण शर्माले गर्नु भएको थियो भने सहजीकरण मोदि गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरिक्षक विक्रम भुवाजीले र स्वास्थ्य कार्यालय, मुस्ताङमा कार्यरत तथ्याङ्क अधिकृत राजन पहाडी ज्यूले गर्नुभएको थियो । १ घन्टा भन्दा लामो सेसनमा जिल्लाका विभिन्न स्वास्थ्य संस्था बाट जुम आइडी मार्फत करिव ६० जना भन्दा बढी स्वाथ्यकर्मीहरुको सहभागिता रहेको थियो ।
Download: मासिक भर्चुअल सेसन भाग ९
148
