मातृ तथा पेरिनेटल मृत्यु निगरानी तथा प्रतिकार्य कार्यक्रम निरन्तरता तथा विस्तार कार्यक्रको अभिमुखिकरण
मिति : २०८२।१२।०९ -१०
प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आयोजनामा मिति २०८२/१२/०९ -१० गते समुदाय स्तरमा मातृ तथा पेरिनेटल मृत्यु निगरानी तथा प्रतिकार्य कार्यक्रम निरन्तरता तथा विस्तार कार्यक्रको अभिमुखिकरण स्वास्थ्य संस्था प्रमुख र नर्सिङ कर्मचारीहरुलाइ २ दिने अभिमुखिकरण प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको कार्यालय प्रमुख बद्रीराज आचार्य ज्यूको अध्यक्षतामामा २ व्याच सम्पन्न भएको थियो ।
कार्यक्रमको सहजीकरण प्रदेश अस्पताल कुश्माका एम.डि.जि.पी डा मिलन अवाले, कुश्मा नगरपालिका, दुर्लुङ स्वास्थ्य चौकीका जनस्वास्थ्य निरिक्षक सुरेश सुवेदी, जलजला गाउँपालिकाका जनस्वास्थ्य अधिकृत अन्जली पि.सि, प्रदेश अस्पताल कुश्माका अस्पताल नर्सिङ निरिक्षक सरस्वति वराल, शोभा श्रेष्ठ र महाशिला आधारभुत अस्पतालका अस्पताल नर्सिङ निरिक्षक सुरक्षा शर्माले गर्नुभएको थियो। कार्यक्रममा MPDSR को परिचय, महत्व, विभिन्न तहका समितिको काम,कर्तव्य र अधिकार, नोटिफिकेसन, स्कृनिङ र भर्बल अटप्सी गर्ने तरिका बारे अभिमुखिकरण गरिएको थियो। यो कार्यक्रम मातृ तथा नवजात शिशुको मृत्युका कारण पहिचान गर्न, मृत्यु भएका घटनाको समयमै जानकारी संकलन र रिपोर्टिङ गर्न,स्वास्थ्य संस्थामा मृत्यु समीक्षा (death review) गर्ने प्रक्रिया बुझाउन,भविष्यमा यस्ता मृत्यु रोक्न सुधारात्मक कार्ययोजना बनाउन,
स्वास्थ्यकर्मी, स्थानीय तह र सरोकारवालाबीच समन्वय बढाउन,राष्ट्रिय नीति तथा निर्देशनअनुसार MPDSR प्रणाली प्रभावकारी रूपमा लागू गर्न, मातृ तथा नवजात स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्ने उदेश्यले संचालन गरिदैछ । पर्वत जिल्लाका सम्पुर्ण स्थानिय तहहरु र प्रदेश अस्पताल कुश्मावाट वाट ६१ जनाको सहभागिता रहेको थियो ।
2
