समुदाय स्तरमा मातृ तथा पेरिनेटल मृत्यु निगरानी तथा प्रतिकार्य कार्यक्रम निरन्तरता तथा विस्तार कार्यक्रको अभिमुखिकरण MPDS समिति
मिति : २०८२।११।२७
प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आयोजनामा मिति २०८२/११/२७ गते समुदाय स्तरमा मातृ तथा पेरिनेटल मृत्यु निगरानी तथा प्रतिकार्य कार्यक्रम निरन्तरता तथा विस्तार कार्यक्रको अभिमुखिकरण MPDS समितिको सदस्य तथा स्वास्थ्य कार्यालयका कर्मचारीहरुलाई १ दिने अभिमुखिकरण MPDSR समितिको अध्यक्ष श्री विष्णुराम वि.क ज्यूको अध्यक्षतामा प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको सभाहलमा सम्पन्न भएको थियो । अभिमुखिकरणमा प्रदेश अस्पताल कुश्माका मे,सू डा ढुन्डीराज पौडेल , प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको कार्यालय प्रमुख बद्रीराज आचार्य, प्रदेश अस्पताल कुश्माका एम.डि.जि.पी डा मिलन अवाले सहित १२ जनाको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण जलजला गाउँपालिकाका जनस्वास्थ्य अधिकृत अन्जली पि.सि गर्नुभएको थियो। कार्यक्रममा MPDSR को परिचय, महत्व, विभिन्न तहका समितिको काम,कर्तव्य र अधिकार, नोटिफिकेसन, स्कृनिङ र भर्बल अटप्सी गर्ने तरिका बारे अभिमुखिकरण गरिएको थियो। यो कार्यक्रम मातृ तथा नवजात शिशुको मृत्युका कारण पहिचान गर्न, मृत्यु भएका घटनाको समयमै जानकारी संकलन र रिपोर्टिङ गर्न,स्वास्थ्य संस्थामा मृत्यु समीक्षा (death review) गर्ने प्रक्रिया बुझाउन,भविष्यमा यस्ता मृत्यु रोक्न सुधारात्मक कार्ययोजना बनाउन,
स्वास्थ्यकर्मी, स्थानीय तह र सरोकारवालाबीच समन्वय बढाउन,राष्ट्रिय नीति तथा निर्देशनअनुसार MPDSR प्रणाली प्रभावकारी रूपमा लागू गर्न, मातृ तथा नवजात स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्ने उदेश्यले संचालन गरिदैछ ।
13
