MSS परिस्परिक अवलोकन भ्रमण
मिति – २०८२/०३/२७ र २८
प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आयोजनामा MSS परिस्परिक अवलोकन भ्रमण बिहादी गाउँपालिका अन्तर्गतको वाहाकीठाटी स्वास्थ्य चौकी र पैयू गाउँपालिका अन्तर्गतको सरौखोला स्वास्थ्य चौकीमा सम्पन्न गरिएको छ।
उक्त भ्रमणमा पर्वत जिल्लाका सातवटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख तथा MSS फोकल पर्सनहरू सहित प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका कार्यक्रम फोकल पर्सन गरी जम्मा १७ जनाको सहभागिता रहेको थियो। भ्रमणको नेतृत्व प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका प्रमुख बद्रीराज आचार्य र कार्यक्रम सम्योजन प्रकाश गौतमले गर्नु भएको थियो। उक्त भ्रमण MSS स्कोरमा सुधार देखिएका संस्थाबाट सिकाइ र अभ्यास अवलम्बन गर्ने उद्देश्यले गरिएको थियो। भ्रमणको क्रममा सम्बन्धित स्वास्थ्य संस्थाका व्यवस्थापन समिति सदस्यहरूसँग अन्तरक्रिया समेत समेत गरिएको थियो, जसमा स्वास्थ्य सेवाका सबल पक्षहरू र सुधार गर्नुपर्ने पक्षहरूबारे गहिरो छलफल गरिएको थियो। यसरी वार्षिक रूपमा MSS परिस्परिक अवलोकन भ्रमण आयोजना गर्दा सिकाइ, रिफ्रेशमेन्ट तथा कामप्रतिको थप प्रेरणा प्राप्त हुने विश्वास यस भ्रमणले दिलाएको छ।
Download: MSS परिस्परिक अवलोकन भ्रमण
115
