नियमित खोप कार्यक्रम तथा सरसफाई प्रवर्द्धनकाे समिक्षा तथा सुक्ष्मयोजना अध्यावधिक गोष्ठी
स्वास्थ्य कार्यालय, पर्वतको आयोजना र स्वास्थ्य शाखा विहादी गाउँपालिका काे समन्वयमा मिति 2081/06/13 र 14 गते सञ्चालन भएको नियमित खोप कार्यक्रम तथा सरसफाई प्रवर्द्धनकाे समिक्षा तथा सुक्ष्मयोजना अध्यावधिक गोष्ठी गाउँपालिकमा सम्पन्न भएको छ। विहादी गाँउपालिका का अध्यक्ष श्री परविन गुरुङ ज्यूको अध्यक्षता र उपाध्यक्ष श्री मिना शर्मा तिवारीकाे आथीत्यता यवम वार्ड अध्यक्षहरुको उपस्थितिमा सञ्चालन भएको सो कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत श्री हरि प्रसाद भुसाल, पैंयू गाउँ पालिका स्वास्थ्य शाखा प्रमुख देवी भुर्तेल र खोप कार्यक्रमका फोकल व्यक्ति तथा परिवार नियोजन सुपर भाईजर निरिक्षक श्री नारायण प्रसाद रेग्मीले सहजीकरण गर्नु भएको थियो।उक्त कार्यक्रममा विहादी गाउँपालिका अन्तर्गत सबै स्वास्थ्य संस्था बाट स्वास्थ्य संस्था प्रमुख र खोप दिने स्वास्थ्यकर्मीहरुकाे सहभागिता रहेको थियो
त्यसै गरी मिति 2081/06/15 र 16 गते पयू गाँउपालिकामा स्वास्थ्य कार्यालय पर्वतकाे आयोजना र सोही गाउँ पालिकाको समन्वयमा 2 दिने नियमित खाेप कार्यक्रमकाे समीक्षा तथा सुक्ष्म याेजना अद्यावधिक गोष्ठी पयु गाउँपलिकाका अध्यक्ष श्री तोरण मल्ल ठकुरी काे अध्यक्षता , उपाध्यक्ष श्री याम कुमारी राना सामाजिक बिकास समिती संयोजक टुकलाल न्यौपाने कार्यपालिका सदस्यकाे उपस्थिती र स्वास्थ्य संस्था प्रमुख, मेडिकल अधिकृत खोप दिने स्वास्थ्यकर्मी कोल्ड चेन फोकल पर्सनकाे सहभगितामा कार्यक्रम सन्चालन भएको थियो। कार्यक्रममा सहजीकरण बिहादी गाउँ पालिकाका स्वास्थ्य शाखा प्रमुख हरी प्रसाद भुसाल, पयुँ गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख देवी प्रसाद भुर्तेल स्वास्थ्य कार्यालयका खोप फोकल पर्सन यवम परिवार नियोजन सुपर भाईजर निरिक्षक श्री नारायण प्रसाद रेग्मीले गर्नु भएको थियो
Download: नियमित खोप कार्यक्रम तथा सरसफाई प्रवर्द्धनकाे समिक्षा तथा सुक्ष्मयोजना अध्यावधिक गोष्ठी
156
