नियमित खोप कार्यक्रम तथा सरसफाई प्रवर्धन कार्यक्रमकाे समीक्षा तथा सुक्ष्म योजना अध्यावधिक गोष्ठी महाशिला गाउँपालिका
मिती २०८१-०७-२८ र २९
स्वास्थ्य कार्यालय पर्वतको आयोजना तथा महाशिला गाउँपालिका को समन्वयमा महाशिला गाउँपालिकामा पालिका स्तरीय नियमित खोप कार्यक्रम तथा सरसफाई प्रवर्धन कार्यक्रमकाे समीक्षा तथा सुक्ष्म योजना अध्यावधिक गोष्ठी सम्पन्न भएको छ। कार्यक्रम महाशीला गाउँ पालिकाका सामाजिक विकास समितिका संयोजक गोविन्द बहादुर वि.क.को अध्यक्षतामा संचालित कार्यक्रममा पालिका उपाध्यक्ष,वडा अध्यक्षहरु, स्वास्थ्य संस्थाका प्रमुखहरु र अन्य स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो।कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय पर्वतका पनिसुनि श्री नारायण प्रसाद रेग्मी, जनस्वास्थ्थ निरिक्षक श्री प्रकाश गौतम,WHO IPDपोखराका SIMO डा. स्मृति लामा ,WATER AID पाेखराका Programme Coordinator श्री सम्झना पाठक र महाशिला गाँउ पालिका जन स्वास्थ्य अधिकृत श्री नर बहादुर बराल क्षेत्रीले गर्नु भएको थियो।
112
