नियमित खोप कार्यक्रम तथा सरसफाई प्रवर्धन कार्यक्रमकाे समीक्षा तथा सुक्ष्म योजना गोष्ठी जलजला गाउँपालिका
मिति २०८१ मंसिर ०१ गते देखि ०२ गते
स्वास्थ्य कार्यालय पर्वतको आयोजना तथा जलजला गाउँपालिका को समन्वयमा जलजला गाउँपालिकामा पालिका स्तरीय नियमित खोप कार्यक्रम तथा सरसफाई प्रवर्धन कार्यक्रमकाे समीक्षा तथा सुक्ष्म योजना गोष्ठी सम्पन्न भएको छ । जलजला गाउँ पालिका अन्तर्गतका स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख,खोप सेवामा संग्लन स्वास्थ्यकर्मी, सामुदायीक स्वास्थ्य इकाईका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मी गरी ३० जना स्वास्थ्यकर्मीकाे सहभागीतामा कार्यक्रम सञ्चालन भएको थियो। कार्यक्रमकाे सहजिकरण स्वास्थ्य कार्यालय पर्वतका परिवार नियोजन सुपरभाईजर निरीक्षक नारायण प्रसाद रेग्मी, जलजला गाउँ पालिकाका जनस्वास्थ्थ निरीक्षक गणेश मल्ल र स्वास्थ्य कार्यालय पर्वतका जनस्वास्थ्थ अधिकृत ममता ढकालले गर्नु भएको थियो।
102
