न्युनतम सेवा मापदण्ड कार्यक्रम वाजुङ स्वास्थ्य चौकी
मिती २०८१-०४-३१ गते
स्वाथ्य कार्यालय पर्वत र मोदी गाँउपालिकाको आयोजनामा बाजुङ स्वास्थ्य चौकी मा न्युनतम सेवा मापदण्ड कार्यक्रम सम्पन्न भएको छ ।जसको सहजिकारण स्वास्थ्य कार्यालय पर्वतका जनस्वास्थ्य अधिकृत अन्जली पि सि, कुश्मा नगरपालीकाका सि. अ .न .मी दुर्गा सापकोटाले गर्नु भएकाे थियाे । बाजुङ स्वास्थ्य चौकीले मूल्यांकनको अंक ८३% बाट वृद्धि भएर ९१% अंक प्राप्त गरेकोमा स्वास्थ्य चौकिका कर्मचारीहरु , वार्ड कार्यालय , ब्यवस्थापनमा समिती , समुदाय सम्पूर्णलाई हार्दिक बधाई साथै शूभकामना ।मूल्यांकन पश्चात संस्थालाई उत्कृष्ट बनाउन अझै पहल हुने स्वाथ्य संस्था ब्यवस्थापन समितीका सदस्यहरूले प्रतिबद्धता दिँदै सुधारका लागि कार्ययोजना पनि बनाइएको थियो ।
Download: न्युनतम सेवा मापदण्ड कार्यक्रम वाजुङ स्वास्थ्य चौकी
112
