नसर्ने रोगसम्बन्धी स्क्रिनिङ शिविर को परीक्षणको अवस्था वारे जानकारी तथा परामर्श तथा अभिमुखीकरण कार्यक्रम
मिति २०८३/०१/०२
प्रदेश जनस्वास्थ्य कार्यालय पर्वत प्रदेश अस्पताल पर्वत र प्रदेश आयुर्वेद चिकित्सालय पर्वतको सम्युक्त आयोजना मा पैयू गाउँपालिका पर्वतमा मिति २०८२/१२/२८ गते सम्पन्न भएको नसर्ने रोगसम्बन्धी स्क्रिनिङ शिविर को परीक्षणको अवस्था वारे जानकारी तथा परामर्श तथा अभिमुखीकरण कार्यक्रम पैयू गाउँपालिका उपाध्यक्ष यामकुमारी रानाकाे प्रमुख आतिथ्यतामा सम्पन्न भयो। उक्त कार्यक्रममा प्रदेश अस्पताल पर्वतका मे सु डा ढुण्डीराज पौडेल र प्रदेश आयुर्वेद चिकित्सालय पर्वतका डा किरण कमल बस्ताकोटी ले सहजिकरण गर्नुभएको थियो। सो शिविर मा १३९ रक्तनमुना मा ३३जना उच्चरक्तचाप ३३ जना Hypercholesterolemia २५ जना मधुमेह ३ जना कलेजोको समस्या ६ जना मानसिक समस्या ६७ जनामा मोटोपना ५जना Hypothyroidism देखीएको थियो।
1
