नसर्ने रोगसम्बन्धी स्क्रिनिङ शिविर को परीक्षणको अवस्था वारे जानकारी तथा परामर्श तथा अभिमुखीकरण कार्यक्रम
2083/02/08
प्रदेश जनस्वास्थ्य कार्यालय पर्वत , प्रदेश अस्पताल पर्वत र प्रदेश आयुर्वेद चिकित्सालय पर्वतको सम्युक्त अायाेजना जलजला गाउँपालिका पर्वतको समन्वयमा जलजला गाउँपालिका ७ धाईरीड मा नसर्ने रोगसम्बन्धी स्क्रिनिङ शिविर सम्पन्न भयो प्रदेश अस्पताल पर्वतका अध्यक्ष याम परियार शिवको अध्यक्षतामा सम्पन्न उक्त शिविरमा १५० सेवाग्राहीले सेवा लिनुभएको थियो। कार्यक्रम मा प्रमुख अतिथि जलजला गाउँपालिका उपाध्यक्ष दिपक अाचार्य,प्रदेश अस्पताल पर्वतका प्रमुख डा ढुण्डीराज पौडेलले कार्यक्रममा बोल्दै नसर्ने रोगसम्बन्धी जानकारी गराउनुभएको थियो। कार्यक्रम मा सहजिकरण प्रदेश जनस्वास्थ्य कार्यालयका संयाेजक तेज प्रसाद सुवेदी, स्वास्थ्य शाखा प्रमुख गणेश मल्ल, प्रदेश अस्पताल का मे अ ल्याव कर्मचारी अायुर्वेद चिकित्सालय पर्वतका कर्मचारी हरुले गर्नुभएको थियो। कार्यक्रम काे सन्चालन जलजला गाउँपालिका का जनस्वास्थ्य अधिकृत अन्जलि पि सि ले गर्नुभएको थियो। उक्त कार्यक्रममा संकलित रक्तनमुना र पिसाबको परिक्षण गरि आगामी १२गते परिक्षण नतिजा प्रस्तुतिकरण राेग अनुसार अभिमुखीकरण र परामर्श सेवा प्रदान गरिने कार्यक्रम रहेको छ।
17
