नसर्ने रोगसम्बन्धी स्क्रिनिङ शिविर
मिति २०८३/०२/२८
प्रदेश जनस्वास्थ्य कार्यालय पर्वत, प्रदेश अस्पताल पर्वत र प्रदेश आयुर्वेद चिकित्सालय पर्वतको सम्युक्त आयोजना जलजला गाउँपालिका पर्वतको समन्वयमा नसर्ने रोगसम्बन्धी स्क्रिनिङ शिविर सम्पन्न भएको छ। प्रदेश अस्पताल पर्वतका अध्यक्ष याम परियार शिवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १५३ जना सेवाग्राहीले सेवा लिनुभएको थियो। कार्यक्रम मा प्रदेश अस्पताल पर्वतका मे अ, प्रयोगससालाकर्मि बाट ल्याव परीक्षण को रगत र पिसाबको नमुना संकलन गरीएको थियो। कार्यक्रम को उद्देश्य र उपलब्ध सेवाहरु वारे प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका कार्यक्रम संयाेजक तेज प्रसाद सुवेदीले जानकारी गराउनुभएको थियो। परिक्षण नतिजा प्रस्तुतिकरण र परामर्श तथा अभिमुखीकरण कार्यक्रम आगामी आषाढ ३ गते सम्पन्न हुने जानकारी गराइएको छ।
Download: नसर्ने रोगसम्बन्धी स्क्रिनिङ शिविर
8
