जनप्रतिनिधिहरु र पोषणसँग सम्बन्धित सरोकारवाला निकाए विच पैरवी बैठक तथा अन्तरक्रिया (फलेवास नगरपालिका)
मिती २०८०/१२/०९ गते
स्वास्थ्य कार्यालय पर्वतकाे आयाेजना र फलेवास नगरपालिकाको समन्वयमा स्थानीय निकायका प्रमुख,उपप्रमुख तथा जनप्रतिनिधि ,शाखा प्रमुख र सराेकारवालाहरू बिच पाेषण पैरवि वैठक तथा अन्तरक्रिया कार्यक्रम फलेवास नगरपालिका प्रमूख गंगाधर तिवारीकाे अध्यक्षतामा सम्पन्न भएकाे छ । उक्त कार्यक्रममा फलेवास नगरपालिकाका उपप्रमुख शोभा कुमारी क्षेत्री , प्र.प्र.अधिकृत ऋषिराम आचार्यको आतिथ्यता रहेको थियो भने जनप्रतिनिधिहरु, कृषि , भेटेनरी, शिक्षा तथा स्वास्थ्य शाखाका प्रतिनिधिहरु र सरोकारवालाहरु गरी ३८ जनाको सहभागितामा रहेको थियो । कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालयका पोषण फोकल व्यक्ति तेज सुवेदी र फलेवास नगरपालिका कृषि अधिकृत केदार सापकोटा गर्नुभएको थियोे।
124
