महाशिला गाउँपालिका वडा नं ६ फलामखानी स्वास्थ्य चौकी मा पाेषण लेखाजोखा कार्यक्रम
मिति २०८३/०२/०५
प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको अायाेजना र महाशिला गाउँपालिका पर्वतको समन्वयमा महाशिला गाउँपालिका वडा नं ६ फलामखानी स्वास्थ्य चौकी मा पाेषण लेखाजोखा कार्यक्रम सम्पन्न भयो। वडा अध्यक्ष श्री गाेविन्द बहादुर वि.क.काे उपस्थिति मा सम्पन्न कार्यक्रममा डा सनम ढकाल प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका कार्यक्रम संयाेजक तेज प्रसाद सुवेदी ,महाशिला गाउँपालिका स्वास्थ्य शाखा का कृष्ण राना पृथिवी श्रेष्ठ फलाम खानी स्वास्थ्य चौकी का स्वास्थ्यकर्मी ले सहजिकरण गर्नुभएको थियो। लेखाजोखा कार्यक्रम मा ४७ जना बालबालिका काे स्वास्थ्य परिक्षण गरिएको थियो। जसमा १ जना कडा कुपोषण; १ जना माेटाेपना ३जनामा मध्यम कुपोषण देखिएको छ। समस्या देखिएका बालबालिकाहरूलाई अवस्था अनुसार परामर्श र प्रेषण गरीएको छ।
Download: महाशिला गाउँपालिका वडा नं ६ फलामखानी स्वास्थ्य चौकी मा पाेषण लेखाजोखा कार्यक्रम
1
