पोषण लेखाजोखा महाशिला गाउँपालिका
प्रदेश जनस्वास्थ्य कार्यालय पर्वत काे आयाेजना,महाशिला गाउपालिकाकाे समन्वय र प्रदेश अस्पताल कुश्माकाे प्राविधिक सहयाेगमा महाशिला ४ पाखापानीमा पाेषण कार्यक्रम काे लेखाजाेखा स्क्रिनिङ कार्यक्रम सम्पन्न भएकाे छ ।प्रदेश जनस्वास्थ्य कार्यालय का प्रसासन अधिकृत रघुनाथ रेग्मी ,कार्यक्रम फाेकल पर्सन तेज प्रसाद सुवेदी प्रदेश अस्पताल पर्वतका मे.अ सनम ढकाल,पाेषण पुनर्स्थापना केन्द्रका कमला सुवेदी महाशिला गा.पा का जनप्रतिनिधि ,स्वास्थ्य शाखाका कृष्ण राना लगायत ७ जना स्वास्थ्यकर्मी र म.स्वा.सेविकाहरूकाे सहभागिता रहेको उक्त कार्यक्रममा कार्यक्रम काे उद्देश्य बारे कार्यक्रम फाेकल पर्सन तेज प्रसाद सुवेदीले प्रकाश पार्नु भएकाे थियाे ।जम्मा ७९ जना बालबालिकाहरूमा गरीएकाे स्क्रिनिङ कार्यक्रममा ४ जना कडा कुपाेषित,८ जना मध्यम कुपाेषित र १ जना बालकमा अधिक पाेषण पाईएकाे थियाे ।कुपाेषित बालबालिकाहरूलाई अवस्था अनुसार पाेषण पुनर्स्थापना केन्द्र आे.टी.सी मा प्रेषण गरिएकाे छ भने उचित परामर्श समेत प्रदान यरिएकाे थियाे ।
Download: पोषण लेखाजोखा महाशिला गाउँपालिका
85
