माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमज्यूको प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको स्थलगत निरीक्षण तथा अनुगमन
मिति २०८२।१०।१३ गते माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमज्यू ,ईपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका श्रीमान निर्देशक डा रोशन न्यौपाने ज्यु तथा गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका श्रीमान महाशाखा प्रमुख डा रमेश के सी ज्यु ले प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको स्थलगत निरीक्षण तथा अनुगमन गर्नु भएको छ।
निरीक्षणका क्रममा माननीय मन्त्रीज्यूले प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको कोल्ड चेन व्यवस्थापनको विस्तृत अवलोकन गर्नुभयो।
स्थलगत अवलोकनको क्रममा प्रदेश जनस्वास्थ्य कार्यालय प्रमुख श्री बद्रिराज आचार्य ज्यूले पर्वत जिल्लाको हालको पब्लिक हेल्थको अवस्था, प्रगति, प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतले गरेको नविनतम प्रयासहरु, ७ वटा स्थानिय तहमा भएका नविनतम कार्यक्रम सहित संघिय सरकार सगँको अपेक्षाको बारेमा जानकारी गराउनुभएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले गण्डकी प्रदेशका विभिन्न जिल्लाहरूमा सञ्चालनमा रहेको डिजिटल स्वास्थ्य व्यवस्थापन प्रति चासो व्यक्त गर्नु भएको छ। यसलाई गण्डकीबाट देशब्यापी वनाउनु पर्ने कुरामा जोड दिनु भयो |उहाँले गण्डकी प्रदेशका सबै जिल्लामा डिजिटल स्वास्थ्य प्रणालीलाई अझ सुदृढ, प्रभावकारी र एकरूप बनाउँदै लैजान आवश्यक रहेको बताउनु भयो। प्रदेश जनस्वस्थ्य कार्यालय मा आएर हामीलाई हौसला प्रदान गर्नुभएकोमा माननीय मन्त्री डा सुधा शर्मा ज्यु, ईपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका श्रीमान निर्देशक डा रोशन न्यौपाने ज्यु तथा गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका श्रीमान महाशाखा प्रमुख डा रमेश के सी ज्यु प्रति हार्दिक आभार ब्यक्त गर्दछौं।
23
