प्रसूति सेवा प्रदायकहरुको लागि मातृ तथा नवशिशु स्वास्थ्य सम्बन्धि onsite coaching मेन्टोरिङ कार्यक्रम
मिती २०८१-०७-१२ गते देखि १४
स्वास्थ्य कार्यालय पर्वतका र वान हार्ट वर्ल्ड वाइडको आयोजना र पैंयू गाउँपालिकाको समन्वयमा प्रसूति सेवा प्रदायकहरुको लागि मातृ तथा नवशिशु स्वास्थ्य सम्बन्धि onsite coaching मेन्टोरिङ कार्यक्रम सम्पन्न भएको छ । जसमा सामान्य प्रसूति , प्रसूती पछिको अत्याधिक रक्तस्राव व्यवस्थापन , Pre eclampsia / Eclampsia को व्यवस्थापन , Condom tamponade, Kangaroo mother care, निशासिएको नवशिशुको व्यवस्थापन, recording reporting , infection prevention जस्ता विषयमा ज्ञान् सिपको बिकास गरिएको थियाे । On-site coaching मा सहभागी ३ जना सेवा प्रदायकहरुलाई बिरुवा गाउँपालिका का सी.अ.न.मी सुस्मा आलेले सहजीकरन गर्नु भएको थियो भने Onsite coaching को तेश्रो दिन गुणस्तर सुधार अनुगमन ( QIP)गरी सुधारको लागि अस्पताल व्यवस्थापन समिति संग बैठक बसी सुधार गर्नुपर्ने विषयहरुमा कार्ययोजना पनि बनाइएको थियो ।
105
