प्रसूति सेवा प्रदायकहरुको लागि मातृ तथा नवशिशु स्वास्थ्य सम्बन्धि onsite coaching मेन्टोरिङ कार्यक्रम
२०८१/०७/२१ देखि ०७/२३
स्वास्थ्य कार्यालय पर्वतको आयोजना र पैंयू गाउँपालिका को समन्वयमा भोर्ले स्वास्थ्य चौकीमा प्रसूति सेवा प्रदायकहरुको लागि मातृ तथा नवशिशु स्वास्थ्य सम्बन्धि onsite coaching मेन्टोरिङ कार्यक्रम सम्पन्न भएको छ । जसमा सामान्य प्रसूति , प्रसूती पछिको अत्याधिक रक्तस्राव व्यवस्थापन , Pre eclampsia / Eclampsia को व्यवस्थापन , Condom tamponade, Kangaroo mother care, निशासिएको नवशिशुको व्यवस्थापन, recording reporting , infection prevention जस्ता विषयमा ज्ञान् सिपको बिकास गरिएको थियाे । On-site coaching मा सहभागी ३ जना सेवा प्रदायकहरुलाई प्रशिक्षण मेन्टर प्रतिभा कोइराला ( वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक, शिशुवाअस्पताल ) ले गर्नु भएको थियो । Onsite coaching को तेश्रो दिन बर्थिङ सेन्टरको गुणस्तर सुधार अनुगमन ( QIP)गरी सुधारको लागि बैठक स्वास्थ्य संस्था व्यवस्थापन समितिका अध्यक्ष तोयानाथ भुसाल को अधक्ष्यतामा र पैंयू गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवी भुर्तेलको संचालनमा सम्पन्न भएको छ जसको सहजीकरण स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत अन्जली पि सी र पैंयू गाउँपालिकाका स्वास्थ्य शाखाका सी.अ.न.मि .नि विष्णु क्षेत्रीले गर्नु भएको थियो । कार्यक्रममा स्वास्थ्य चौकी व्यवस्थापन समिती ,संस्थाका कर्मचारी गरी १७ जनाको उपस्थिती रहेको थियो भने सुधार गर्नुपर्ने विषयहरुमा कार्ययोजना पनि बनाइएको थियो ।
113
