प्रसूति सेवा प्रदायकहरुको लागि मातृ तथा नवशिशु स्वास्थ्य सम्बन्धि onsite coaching मेन्टोरिङ कार्यक्रम
प्रसूति सेवा प्रदायकहरुको लागि मातृ तथा नवशिशु स्वास्थ्य सम्बन्धि onsite coaching मेन्टोरिङ कार्यक्रम
मिती २०८२-०९-२ गते देखि ०९/४ सम्म प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आयोजनामा र मोदि गाउँपालिकाको समन्वयमा प्रसूति सेवा प्रदायकहरुको लागि मातृ तथा नवशिशु स्वास्थ्य सम्बन्धि onsite coaching मेन्टोरिङ कार्यक्रम राम्जा तिलाहार स्वास्थ्य चौकीमा स्वास्थ्य चौकी व्यवस्थापन समितिको अध्यक्षज्यूको अध्यक्षतामा सम्पन्न भएको छ । On-site coaching mentoring मा सहभागी ४ जना सेवा प्रदायकहरुलाई पर्वत अस्पतालका वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक सरस्वती बराल र अस्पताल नर्सिङ निरीक्षक शोभा श्रेष्ठले मेन्टरिङ गर्नु भएको थियो भने सहजीकरण जनस्वास्थ्य कार्यालय पर्वतका पव्लिक हेल्थ नर्सिङ निरिक्षक सुमन शर्मा र मोदि गाउँपालिका स्वास्थ्य शाखाका स्टाफ नर्स सुस्मिता शर्माले गर्नु भएको थियो । यस कार्यक्रममा Respectful Maternity care, Labour care guide, Non pneumatic Antishock garments,सामान्य प्रसूति , प्रसूती पछिको अत्याधिक रक्तस्राव व्यवस्थापन , Pre eclampsia / Eclampsia को व्यवस्थापन , Condom tamponade, Kangaroo mother care, निशासिएको नवशिशुको व्यवस्थापन, recording reporting , infection prevention जस्ता विषयमा ज्ञान् सिपको बिकास गरिएको थियो । Onsite coaching को तेश्रो दिन गुणस्तर सुधार अनुगमन ( QIP)गरी सुधारको लागि व्यवस्थापन समिति सगं बैठक बसी सुधार गर्नुपर्ने विषयहरुमा कार्ययोजना पनि बनाइएको थियो ।
18
