प्रसूति सेवा प्रदायकहरुको लागि मातृ तथा नवशिशु स्वास्थ्य सम्बन्धि onsite coaching मेन्टोरिङ कार्यक्रम ( दोश्रो व्याच )
प्रसूति सेवा प्रदायकहरुको लागि मातृ तथा नवशिशु स्वास्थ्य सम्बन्धि onsite coaching मेन्टोरिङ कार्यक्रम ( दोश्रो व्याच )
प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आयोजनामा तथा प्रदेश अस्पताल कुश्माको समन्वयमा प्रसूति सेवा प्रदायकहरूका लागि मातृ तथा नवशिशु स्वास्थ्य सम्बन्धी On-site Coaching तथा Mentoring कार्यक्रम मिति २०८२/०९/१० देखि १२ गतेसम्म प्रदेश अस्पताल कुश्मामा, प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका कार्यालय प्रमुख श्री बद्रीराज आचार्यको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा प्रदेश अस्पताल कुश्माका मेडिकल सुपरिटेन्डेन्ट डा. ढुन्डिराज पौडेल, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्री शिवबहादुर परियार, बालरोग विशेषज्ञ डा. प्रकाश गौतम, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. प्रियाशा अधिकारि लगायत अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी ३ जना प्रसूति सेवा प्रदायकहरूलाई प्रदेश अस्पताल कुश्माका वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक सरस्वती बराल र अस्पताल नर्सिङ निरीक्षक शोभा श्रेष्ठ र सविता लम्साल ज्यूहरुले मेन्टरिङ गर्नु भएको थियो भने प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका पब्लिक हेल्थ नर्सिङ निरीक्षक सुमन शर्माले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा Respectful Maternity Care, Labour Care Guide, Non-Pneumatic Anti-Shock Garment, सामान्य प्रसूति सेवा, प्रसूति पछिको अत्याधिक रक्तस्राव व्यवस्थापन, Pre-eclampsia/Eclampsia व्यवस्थापन, Condom Tamponade, Kangaroo Mother Care, निशासिएको नवशिशुको व्यवस्थापन, Recording & Reporting तथा Infection Prevention जस्ता विषयहरूमा ज्ञान तथा सीप अभिवृद्धि गरिएको थियो । साथै तेस्रो दिन गुणस्तर सुधार अनुगमन (QIP) गरी व्यवस्थापन समितिसँग बैठक बसेर सुधारका लागि आवश्यक विषयहरू पहिचान गर्दै कार्ययोजना समेत निर्माण गरिएको थियो ।
9
