प्रसूति सेवा प्रदायकहरुको लागि मातृ तथा नवशिशु स्वास्थ्य सम्बन्धि onsite coaching मेन्टोरिङ कार्यक्रम

मिती २०८२-११-१५ गते देखि ११-१७ सम्म प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आयोजनामा र महाशिला गाउँपालिकाको समन्वयमा प्रसूति सेवा प्रदायकहरुको लागि मातृ तथा नवशिशु स्वास्थ्य सम्बन्धि onsite coaching मेन्टोरिङ कार्यक्रम महाशिला आधारभुत अस्पतालको मेडिकल अधिकृत डा सनम ढकाल ज्यू को अध्यक्षतामा, गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको वरिष्ठ कम्युनिटी नर्सिङ अधिकृत मन कुमारी ओझा ज्यूको प्रमुख आतिथ्यतामा र महाशिला गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख नर वहादुर वराल ज्यूको उपस्थितिमा महाशिला आधारभुत अस्पतालमा सम्पन्न भएको छ । On-site coaching mentoring मा सहभागी ४ जना सेवा प्रदायकहरुलाई पर्वत अस्पताल कुश्माका वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक सरस्वती बराल , गर्है प्राथामिक अस्पतालको अस्पताल नर्सिङ निरीक्षक भोज कुमारी शर्मा र महाशिला आधारभुत अस्पतालको अस्पताल नर्सिङ निरीक्षक सुरक्षा शर्माले मेन्टरिङ गर्नु भएको थियो भने सहजीकरण प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका पव्लिक हेल्थ नर्सिङ निरिक्षक सुमन शर्माले गर्नु भएको थियो । यस कार्यक्रममा Respectful Maternity care, Labour care guide, Non pneumatic Antishock garments,सामान्य प्रसूति , प्रसूती पछिको अत्याधिक रक्तस्राव व्यवस्थापन , Pre eclampsia / Eclampsia को व्यवस्थापन , Condom tamponade, Kangaroo mother care, निशासिएको नवशिशुको व्यवस्थापन, recording reporting , infection prevention जस्ता विषयमा ज्ञान् सिपको बिकास गरिएको थियो । Onsite coaching को तेश्रो दिन गुणस्तर सुधार अनुगमन ( QIP) र न्युनतम सेवा मापदन्डको जाचँ गरी सुधारको लागि व्यवस्थापन समिति सगं बैठक बसी सुधार गर्नुपर्ने विषयहरुमा कार्ययोजना पनि बनाइएको थियो । यस सगै यस आर्थिक वर्षमा ५ वटा प्रसूति केन्द्रमा अनसाईट कोचिङ मेन्टोरिङ सकिएको छ ।

21