स्वास्थ्यकर्मीहरुको लागि स्तरिय उपचार पद्दति (BHS/ STP ) सम्वन्धि अभिमुखिकरण कार्यकर्म
मिति २०८२/०२/३० देखि ०३/०१ गते सम्म
प्रदेश जनस्वास्थ्य कार्यालय कुश्मा पर्वतको आ . व. २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार प्रदेश जनस्वास्थ्य कार्यालय कुश्माकाे तालिम हलमा स्वास्थ्यकर्मीहरुको लागि स्तरिय उपचार पद्दति (BHS/ STP ) सम्वन्धि अभिमुखिकरण कार्यकर्म सम्पन्न भएको छ। उक्त तालिमको अध्यक्षता प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका कार्यालय कार्यालय प्रमुख श्री बद्रिराज आचार्यले गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन प्रदेश जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक श्री प्रकाश गौतमले गर्नु भएको थियो । कार्यक्रममा सहजिकरण मादि आघारभुत अस्पतालका मे.अ डा बिनाद बराल , प्रदेश अस्पताल पर्वतका मे अ डा सनम ढकाल र माेदी गाउंपालिकाका कबिराज निरिक्षक प्रकाश चन्द्र सबेदीले गर्नु भएको थियो। उक्त तालिम कार्यक्रममा पर्वत जिल्लाका स्थानीय तह तथा प्रदेश अस्पताल कुश्माबाट गरी २४ जना स्वास्थ्यकर्मीको सहभागिता रहेकाे थियाे ।
Download: स्वास्थ्यकर्मीहरुको लागि स्तरिय उपचार पद्दति (BHS/ STP ) सम्वन्धि अभिमुखिकरण कार्यकर्म
84
