एच.पि.भी. खोप सञ्चालन सम्बन्धी अन्तरक्रिया एवं योजना तर्जुमा गोष्ठी
प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतकाे आयोजनामा मिति 2082/10/19 गते प्रदेश जनस्वास्थ्य कार्यालय पर्वत को सभा हलमा संचालित राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत नियमित खोप सेवामा पाठेघरको मुखको क्यान्सर विरुद्ध काे खोप एच.पि.भी. खोप सञ्चालन सम्बन्धी अन्तरक्रिया एवं योजना तर्जुमा गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । गत आर्थिक वर्षमा संचालित महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर रोग विरुद्धको एच.पि.भी. खोप अभियान २०८१ सँग सम्बन्धित विभिन्न क्रियाकलापहरुको समीक्षा गरी त्यसको निस्कर्ष र सिकाईहरुलाई अवलम्बन गर्दै यस आर्थिक वर्ष ०८२/८३ देखि नियमित खोपमा समावेश भई माघ 27 गते देखि 29 गते सम्म संचालन हुन गईरहेको एच.पि.भी. खोप कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न कार्ययोजना तयार गर्ने, स्वास्थ्य र शिक्षाबीचको समन्वय र सहकार्यलाई तिव्रता दिई नियमित खोप सेवा सुदृढिकरण गर्ने तथा विद्यालय पूर्ण खोपको अवधारणालाई सफल पार्ने र महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर र एच.पि.भी. खोपको बारेमा जानकारी गराउने उद्देश्य अनुरुप उक्त कार्यक्रम संचालन गरिएको हो । प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका प्रमुख आदरणीय श्री बद्री राज आचार्य ज्यूको अध्यक्षतामा संचालित उक्त कार्यक्रमको संचालन प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका परिवार नियोजन सुपर भाईजर निरीक्षक नारायण प्रसाद रेग्मीले ले गर्नुभएको थियो भने पव्लिक हेल्थ नर्स निरीक्षक सुमन शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो । प्रदेश अस्पताल पर्वतका बालरोग विशेषज्ञ डा. प्रकाश गौतम, प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका कार्यालय प्रमुख बद्री राज आचार्य, शिक्षा विकास तथा समन्वय इकाई,पर्वतका कार्यालय प्रमुख श्री मतिलाल चपाई र प्रदेश जनस्वास्थ्य कार्यालयका परिवार नियोजन सुपर भाईजर निरीक्षक श्री नारायण प्रसाद रेग्मीले सहजिकरण गर्नुभएको उक्त कार्यक्रममा सात वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरु, शिक्षा शाखा प्रमुखहरु र पालिका खोप फोकल पर्सन, प्रदेश जनस्वास्थ्य कार्यालयका फोकल पर्सन गरी 26 जनाको सहभागीता रहेको थियो । नेपाल सरकारले पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भि. खोप फागुन महिनामा सञ्चालन गर्ने नीति भए ता पनि यस वर्ष विशेष परिस्थितिका कारण माघ महिनाको 27 गते देखि 29 गते सम्म जिल्ला भरी एकै पटक सञ्चालन गर्ने निर्णय उक्त गोष्ठीबाट भएको छ। यस वर्ष पर्वत जिल्लाका विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्रा एवम विद्यालय बाहिरका १० वर्ष उमेर समुहका बालिका तथा गत वर्ष खोप लगाउन छुट कक्षा 7 देखि 10 सम्म अध्ययनरत छात्रा, विद्यालय नजाने 11 वर्ष देखि 14 वर्ष सम्मका किशोरी गरी जम्मा 949 जना छात्रा तथा किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धकाे खोप सेवा प्रदान गर्ने व्यहोरा सम्पुर्णमा अनुरोध गरिन्छ।
Download: एच.पि.भी. खोप सञ्चालन सम्बन्धी अन्तरक्रिया एवं योजना तर्जुमा गोष्ठी
22
