संक्रमण रोकथाम तथा नियन्त्रण र स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन सम्बन्धी अभिमुखिकरण सम्पन्न
संक्रमण रोकथाम तथा नियन्त्रण र स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन सम्बन्धी अभिमुखिकरण सम्पन्न
मिति २०८३ साल कार्तीक १४ र १५ गते प्रदेश जनस्वास्थ्य कार्यालय, पर्वतको आयोजनामा स्वास्थ्यकर्मीहरूका लागि संक्रमण रोकथाम तथा नियन्त्रण (Infection Prevention and Control) एवं स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापनसम्बन्धी दुईदिने अभिमुखिकरण सफलतापूर्वक सम्पन्न भएको छ।
उक्त तालिममा पर्वत जिल्लाका सातवटै स्थानीय तह तथा प्रदेश अस्पताल, कुश्माबाट गरी जम्मा २५ जना स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो।
तालिमको सहजीकरण पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (POAHS), पोखराका अस्पताल नर्सिङ निरीक्षक जमुना प्रटेल र प्रदेश अस्पताल कुश्मा, पर्वतका अस्पताल नर्सिङ निरीक्षक सुनिता नेपालीज्यूले गर्नुभएको थियो।
तालिममा संक्रमण रोकथाम तथा नियन्त्रणका आधारभूत सिद्धान्त, हातको स्वच्छता, व्यक्तिगत सुरक्षा सामग्री (PPE) को उचित प्रयोग, स्वास्थ्य संस्थामा संक्रमण नियन्त्रणका उपायहरू, स्वास्थ्यजन्य फोहोरको वर्गीकरण, संकलन, व्यवस्थापन तथा सुरक्षित विसर्जनलगायतका विषयमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान र सीप प्रदान गरिएको थियो र दोश्रो दिन प्रदेश अस्पताल कुश्माको फोहोरमैला व्यवस्थापनको अवलोकलन गरिएको थियो ।
यस तालिमबाट स्वास्थ्यकर्मीहरूको संक्रमण रोकथाम तथा नियन्त्रणसम्बन्धी ज्ञान, सीप र व्यवहारमा अभिवृद्धि भई स्वास्थ्य संस्थाहरूमा सुरक्षित, स्वच्छ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
Download: संक्रमण रोकथाम तथा नियन्त्रण र स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन सम्बन्धी अभिमुखिकरण सम्पन्न
1
