विधार्थीहरुलाई मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखिकरण
"स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान २०८२"
"मनको कुरा गरौं” भन्ने नाराका साथ स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान २०८२" अन्तर्गत प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आयोजना र मोदि गाउपालिकाको समन्वयमा श्री जनजागृत मा.बि तिलाहारमा कक्षा ९ र १० मा अध्यनरत विधार्थीहरुलाई मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखिकरण गरिएको छ जसमा सहजिकरण प्रदेश जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत सन्देश पोखरेल र पब्लिक हेल्थ नर्स सुमन शर्मा , मोदि गाउपालिकाको स्टाफ नर्स सुस्मिता शर्मा र विधालय नर्स साबिता खत्रीले गर्नु भएको थियो | उक्त सेसनमा जम्मा १२० जना बिधार्थीहरुको उपस्थीति रहेको थियो ! जनजागृति मा.वि. का प्रधानाध्यापकज्यू तथा सम्पूर्ण शिक्षक–शिक्षिकाज्यूहरूलाई विद्यालय स्वास्थ्य शिक्षाका क्रममा प्रदान गर्नु भएको सहयोगपूर्ण वातावरण तथा सहकार्यका लागि हार्दिक धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि यस्तै सहयोगको अपेक्षा गर्दछौ |
Download: विधार्थीहरुलाई मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखिकरण
20
