प्रजनन रुग्णता सम्बन्धि अभिमुखिकरण
मिति २०८३/१/२८ गते
प्रदेश जनस्वास्थ्य कार्यालय पर्बतको आयोजना र महाशिला गाउँपालिकाको समन्वयमा प्रजनन रुग्णता सम्बन्धि अभिमुखिकरण महाशिला गाउँपालिका ०१ होश्राङदी स्वास्थ्य चौकीमा सम्पन्न भएको छ ।कार्यक्रमको सहजीकरण प्रदेश जनस्वास्थ्य कार्यालय पर्बतका पब्लिक हेल्थ नर्सिङ निरिक्षक सुमन शर्माले गर्नु भएको थियो । अभिमुखिकरणमा महाशिला गाउँपालिका वडा न ०१ को अध्यक्षय ज्यू , स्वास्थ्य चौकी व्यवस्थापन समितिको सदस्यहरु, जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वंयसेविका गरि २५ जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा आङ खस्ने समस्या, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर , अवस्टेट्रिक फिस्टुलाको वारेमा अभिमुखिकरण गरिएको थियो ।
Download: प्रजनन रुग्णता सम्बन्धि अभिमुखिकरण
21
