नर्सिङ कर्मचारीहरुलाई प्रजनन रुग्णता सम्बन्धि अभिमुखिकरण
मिति २०८३/२/१ गते
प्रदेश जनस्वास्थ्य कार्यालय पर्बतको आयोजना नर्सिङ कर्मचारीहरुलाई प्रजनन रुग्णता सम्बन्धि अभिमुखिकरण प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको कार्यालय प्रमुख बद्रीराज आचार्य ज्यूको अध्यक्षतामा सम्पन्न भएको छ ।कार्यक्रममा आङ खस्ने समस्या, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर , अवस्टेट्रिक फिस्टुलाको वारेमा अभिमुखिकरण गरिएको थियो । कार्यक्रमको सहजीकरणपी प्रदेश अस्यताल कुश्माका एम .डि जि. पी डा मिलन अवाले, महाशिला आधारभुत अस्पतालका मेडिकल अधिकृत डा सनम ढकाल, प्रदेश अस्यताल कुश्माका ब.अ.न.नि सरस्वती वराल, अ.न.नी सोभा श्रेष्ठ र प्रदेश जनस्वास्थ्य कार्यालय पर्बतका पब्लिक हेल्थ नर्सिङ निरिक्षक सुमन शर्माले गर्नु भएको थियो । अभिमुखिकरणमा २७ जना नर्सिङ कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
Download: नर्सिङ कर्मचारीहरुलाई प्रजनन रुग्णता सम्बन्धि अभिमुखिकरण
22
