“मानसिक स्वास्थ्य प्रवर्द्धन तथा आत्महत्या रोकथामका लागि संचारकर्मीलाई संवेदनशील रिपोर्टिङ सम्बन्धी अभिमुखीकरण कार्यक्रम”
मानसिक स्वास्थ्य प्रवर्द्धन तथा आत्महत्या रोकथामका लागि संचारकर्मीलाई संवेदनशील रिपोर्टिङ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
प्रदेश जनस्वास्थ्य कार्यालय, पर्वतको आयोजनामा मिति २०८३/०३/०२ गते “मानसिक स्वास्थ्य प्रवर्द्धन तथा आत्महत्या रोकथामका लागि संचारकर्मीलाई संवेदनशील रिपोर्टिङ सम्बन्धी अभिमुखीकरण कार्यक्रम” सम्पन्न भएको छ।
कार्यक्रम प्रदेश जनस्वास्थ्य कार्यालय, पर्वतका कार्यालय प्रमुख श्री बद्रीराज आचार्य ज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो।कार्यक्रमको सहजीकरण प्रदेश अस्पताल, पर्वतका मेडिकल अधिकृत डा. सलिना पौडेल र प्रदेश जनस्वास्थ्य कार्यलयका ज.स्वा.अ. सन्देश पोखरेलले गर्नुभएको थियो I
संचार माध्यमले जनमानसमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले मानसिक स्वास्थ्य तथा आत्महत्या जस्ता संवेदनशील विषयमा जिम्मेवार तथा संवेदनशील रिपोर्टिङको अभ्यासलाई प्रवर्द्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम संचालन गरिएको हो।साथै, मानसिक स्वास्थ्यसम्बन्धी सकारात्मक सन्देश प्रवाह गर्ने, आत्महत्यासम्बन्धी गलत धारणा न्यूनीकरण गर्ने, जोखिममा रहेका व्यक्तिहरूलाई सहयोग खोज्न प्रेरित गर्ने तथा संचारकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्य कार्यक्रमको रहेको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघ, पर्वत शाखासँग आबद्ध विभिन्न संचार माध्यममा कार्यरत १६ जना संचारकर्मीहरूको सहभागिता रहेको थियो
3
