आमाको दूध प्रतिस्थापन गर्ने बस्तु बिक्रि बितरण ऐन२०४९ र नियमावली २०५१ (BMS ACT ) सम्बन्धि अभिमुखीकरण
मिति २०८३।०२।३१
प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको अायाेजना मा आमाको दूध प्रतिस्थापन गर्ने बस्तु बिक्रि बितरण ऐन२०४९ र नियमावली २०५१ (BMS ACT ) सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा पर्वत जिल्ला सम्पुर्ण ७ वटै स्थानिय तहबाट स्वास्थ्य शाखा प्रमुख, पत्रकार महासंघ का ५ जना प्रतिनिधि, औषधि ब्यावसायि, डिपार्टमेन्टल स्टोर तथा थोक बिक्रेता र स्वास्थ्यकर्मी गरी ३६ जना को सहभागिता रहेको थियो। कार्यक्रम मा सहजिकरण अधिवक्ता पून्य प्रसाद सुवेदी, जनस्वास्थ्य अधिकृत अन्जलि पि सि, प्रदेश जनस्वास्थ्य कार्यालयका तेज प्रसाद सुवेदी ले गर्नुभएको थियो। अभिमुखीकरण कार्यक्रम पस्चात अन्तर्क्रिया समेत सन्चालन गरिएको थियो।
Download: आमाको दूध प्रतिस्थापन गर्ने बस्तु बिक्रि बितरण ऐन२०४९ र नियमावली २०५१ (BMS ACT ) सम्बन्धि अभिमुखीकरण
3
