पूर्ण खोप सुनिश्चितता तथा नियमित खोप र सरसफाई प्रवर्धन कार्यक्रमकाे सुदृढीकरण का लागी समीक्षा, अभिमुखीकरण तथा शुक्ष्म याेजना (विहादी गा.पा, पैंयू गा.पा र महाशिला गा.पा. )
स्वास्थ्य कार्यालय पर्वतको आ. व. २०८०/०८१ काे वार्षिक स्वीकृत कार्यक्रम अनुसार स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा मिति २०८१/०१/११ र १२ गते मोदी गाउँ पालिकामा विहादी गा पा, पयू गा पा र महाशिला गा.पा. का स्वास्थ्य शाखा प्रमुख, खोप संपर्क व्यक्ति तथा अन्तर्गतका स्वास्थ्य संस्था प्रमुख गरी २७ जनाकाे सहभागितामा खोप छुट बच्चा(शुन्य तथा ड्रप आउट ) काे पहिचान र छुट खोप पूरा गरि पूर्ण खोप सुनिश्चितता तथा नियमित खोप र सरसफाई प्रवर्धन कार्यक्रमकाे सुदृढीकरण का लागी समीक्षा, अभिमुखीकरण तथा शुक्ष्म याेजना अद्यावधिक र महामारी रोकथाम तथा नियन्त्रण यवम सर्भिलेन्स का लागि स्थानिय तहकाे याेजना तयारी सम्बन्धी जिल्ला स्तरीय गोष्ठी सञ्चालन गरियो । सो कार्यक्रमकाे अध्यक्षता स्वस्थ्य कार्यालय पर्वतका कार्यालय प्रमुख श्री प्रबिण शर्माले गर्नु भएको थियो भने सञ्चालन स्वास्थ्य कार्यालय पर्वतका परिवार नियोजन सुपरभाईजर निरीक्षक श्री नारायण प्रसाद रेग्मीले गर्नु भएको थियो। त्यसै गरी कार्यक्रमकाे सहजीकरण स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराका खोप अधिकृत श्री एकनारायण लम्सालले गर्नु भयको थियो। साथै कार्यक्रमकाे व्यवस्थापन स्वास्थ्य कार्यालय पर्वतका कोल्ड चेन निरीक्षक श्री जयन्द्रमान गुरुङ्गले गर्नु भएको थियो।
89
