प्रसूति सेवा प्रदायकहरुको लागि मातृ तथा नवशिशु स्वास्थ्य सम्बन्धि onsite coaching मेन्टोरिङ
मिती २०८१-०८-१२ गते देखि ०८/१४
स्वास्थ्य कार्यालय पर्वत र फलेबास नगरपलिका को समन्वयमा प्रसूति सेवा प्रदायकहरुको लागि मातृ तथा नवशिशु स्वास्थ्य सम्बन्धि onsite coaching मेन्टोरिङ कार्यक्रम फलेबास नगर अस्पातालमा सम्पन्न भएको छ । जसमा सामान्य प्रसूति , प्रसूती पछिको अत्याधिक रक्तस्राव व्यवस्थापन , Pre eclampsia / Eclampsia को व्यवस्थापन , Condom tamponade, Kangaroo mother care, निशासिएको नवशिशुको व्यवस्थापन, recording reporting , infection prevention जस्ता विषयमा ज्ञान् सिपको बिकास गरिएको थियाे । On-site coaching मा सहभागी ५ जना सेवा प्रदायकहरुलाई पर्वत अस्पतालका वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक सरस्वती बराल र अस्पताल नर्सिङ निरीक्षक शोभा श्रेष्ठले मेन्टरिङ गर्नु भएको थियो भने सहजीकरण स्वास्थ्य कार्यालय पर्वतका जनस्वाथ्य अधिकृत अन्जली पि सी र फलेबास नगरपलिकाका प हे न बिन्दु गौतमले गर्नु भएको थियो ।Onsite coaching को तेश्रो दिन गुणस्तर सुधार अनुगमन ( QIP)गरी सुधारको लागि बैठक बसी सुधार गर्नुपर्ने विषयहरुमा कार्ययोजना पनि बनाइएको थियो । यस कार्यक्रमको समापन सँगै यो आ वमा पर्वत जिल्लाका ६ बर्थिङ सेन्टरमा on-site कोचिङ सम्पन्न भएको छ ।
Download: प्रसूति सेवा प्रदायकहरुको लागि मातृ तथा नवशिशु स्वास्थ्य सम्बन्धि onsite coaching मेन्टोरिङ
124
