प्रसूति सेवा प्रदायकहरुको लागि मातृ तथा नवशिशु स्वास्थ्य सम्बन्धि onsite coaching मेन्टोरिङ कार्यक्रम पाङराङ
२०८१/०६/१७ देखि ०६/१९
स्वास्थ्य कार्यालय पर्वतको आयोजना तथा फलेबास नगरपालीकाको समन्वयमा पाङरङ्ग स्वास्थ्य चौकीमा प्रसूति सेवा प्रदायकहरुको लागि मातृ तथा नवशिशु स्वास्थ्य सम्बन्धि onsite coaching मेन्टोरिङ कार्यक्रम सम्पन्न भएको छ । जसमा सामान्य प्रसूति , प्रसूती पछिको अत्याधिक रक्तस्राव व्यवस्थापन , Pre eclampsia / Eclampsia को व्यवस्थापन , Condom tamponade, Kangaroo mother care, निशासिएको नवशिशुको व्यवस्थापन, recording reporting , infection prevention जस्ता विषयमा ज्ञान् सिपको बिकास गरिएको थियाे । On-site coaching मा सहभागी ३ जना सेवा प्रदायकहरुलाई प्रशिक्षण मेन्टर दुर्गा सापकोटा ( सि.अ.न.मी अधिकृत ,कुश्मा नगरपालिका स्वास्थ्य शाखा ) र सरस्वती बराल ( वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक, पर्वत अस्पताल ) हरुले गर्नु भएको थियो । Onsite coaching को तेश्रो दिन बर्थिङ सेन्टरको गुणस्तर सुधार अनुगमन ( QIP)गरी सुधारको लागि बैठक स्वास्थ्य संस्था व्यवस्थापन समितिका अध्यक्ष रुद्र बहादुर पाठकको अधक्ष्यतामा , फलेबास नगरपालीका उपप्रमुख शोभा कुमारी क्षेत्रीको प्रमूख आतिथ्यामा र स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत अन्जली पि सीको संचालनमा सम्पन्न भएकाे छ। कार्यक्रममा स्वास्थ्य चौकी व्यवस्थापन समिती , स्वास्थ्य शाखामा कार्यरत प.हे.न बिन्दु गौतम ,संस्थाका कर्मचारी गरी २० जनाको उपस्थिती रहेको थियो भने सुधार गर्नुपर्ने विषयहरुमा कार्ययोजना पनि बनाइएको थियो ।
91
