पारिवारिक स्वास्थ्य प्रोफाईल कार्यक्रमको प्रारम्भिक नतिजा सार्वजनिकरण (महाशिला गाउँपालिका )
मिति २०८१/०२/३२ गते
स्वास्थ्य कार्यालय पर्वतको आयोजना तथा महाशिला गाउँपालिकाको समन्वयमा पारिवारिक स्वास्थ्य प्रोफाईल कार्यक्रमको प्रारम्भिक नतिजा सार्वजनिकरण कार्यक्रम सम्पन्न भएको छ।उक्त कार्यक्रमको अध्यक्षता स्वास्थ्य कार्यालय पर्वतका कार्यालय प्रमुख प्रविण शर्माले ज्युले गर्नुभएको थियोभने कार्यक्रमको संचालन महाशिला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नर बहादुर बराल ज्युले गर्नु भएको थियो।कार्यक्रम महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरी प्रसाद भुसाल ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।कार्यक्रममा महाशिला गाउँपालिकाका उपाध्यक्षज्यु, प्रमुख प्रशासकिय अधिकृत ज्यु तथा महाशिला गाउँपालिकाका ६ वटै वडाका वडाध्यक्षज्युहरुको उपस्थिति रहेको थियो।कार्यक्रममा सहजिकरण स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका बरिष्ठ तथ्याङंक अधिकृत दिवाकर शर्मा ज्यु तथा स्वास्थ्य कार्यालय पर्वतका तथ्याङ्क फोकल पर्सन रामचन्द्र सुवेदीले गर्नुभएको थियो। कार्यक्रममा महाशिला गाउँपालिकाका सम्पुर्ण स्वास्थ्यचौकीका प्रमुख ज्युहरुको उपस्थिति रहेको थियो।उक्त कार्यक्रम पश्चात उपस्थित सम्पुर्ण स्वास्थ्यकर्मिहरुले तथ्याङ्कमा भएका त्रुटीहरुलाई सच्याई आ-आफ्ना वडाका अपाङ्गता सम्बन्धि तथ्याङंक, छुट भएको परिवारको तथ्याङंक अध्यावधिक गराउने प्रतिबध्दता जनाउनुभएको थियो भने उक्त तथ्याङ्क सच्याएपछि वडाध्यक्षज्युहले आ-आफंनो वडाको तथ्याङ्क प्रमाणिकरण गरी स्वास्थ्य क्षेत्रको निति निर्माण तथा योजना तर्जुमामा तथ्याङ्कको प्रयोग गरिने कुरामा प्रतिबद्ता जनाउनुभएको छ।
Download: पारिवारिक स्वास्थ्य प्रोफाईल कार्यक्रमको प्रारम्भिक नतिजा सार्वजनिकरण (महाशिला गाउँपालिका )
121
