पारिवारिक स्वास्थ्य प्रोफाईल सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न
२०८०-१२-१३ स्वास्थ्य कार्यालय पर्वतको आयोजना तथा महाशिला गाउँपालिकाको समन्वयमा महाशिला गाउँपालिकाको सभाहलमा जनप्रतिनिधि तथा स्वास्थ्यकर्मि सँग पारिवारिक स्वास्थ्य प्रोफाईल सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।उद्घाटन र प्राविधिक सत्र गरि दुई चरणमा संचालन भएको कार्यक्रमको अध्यक्षता स्वास्थ्य कार्यालयका कार्यालय प्रमुख प्रविण शर्मा ज्युले गर्नुभएको थियो भने कार्यक्रमको संचालन महाशिला गा.पा का स्वास्थ्य शाखा प्रमुख नर बहादुर बराल ज्युले गर्नुभएको थियो।स्वागत मन्तब्य स्वास्थ्य कार्यालयका तथ्याङ्क फोकल पर्सन रामचन्द्र सुवेदीले गर्नुभएको थियो।कार्यक्रममा सहजिकरण स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका बरिष्ट तथ्याङ्क अधिकृत टिकाराम शर्मा, दिवाकर शर्मा र सुचना प्रविधि अधिकृत नवराज भण्डारीले गर्नुभएको थियो।कार्यक्रममा महाशिला गाउँपालिकाका उपाध्यक्ष सहित सम्पुर्ण ६ वटा वडाका वडाध्यक्ष,नि.प्रमुख प्रशासकिय अधिकृत,शिक्षा शाखा प्रमुख सहित महाशिला गाउँपालिकाका सबै स्वास्थ्य संस्थाको प्रतिनिधित्व हुने गरी २२ जना स्वास्थ्यकर्मिको सहभागिता रहेको थियो।
Download: पारिवारिक स्वास्थ्य प्रोफाईल सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न
102
