पारिवारिक स्वास्थ्य प्रोफाईल सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न (पैंयू)
मिति २०८०/१२/१४
स्वास्थ्य कार्यालय पर्वतको आयोजना तथा पैंयु गाउँपालिकाको समन्वयमा पैंयु गाउँपालिकाको सभाहलमा जनप्रतिनिधि तथा स्वास्थ्यकर्मि सँग पारिवारिक स्वास्थ्य प्रोफाईल सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।उद्घाटन र प्राविधिक सत्र गरि दुई चरणमा संचालन भएको कार्यक्रममा उद्घाटन सत्रको अध्यक्षता पैयुँ गाउँपालिकाका अध्यक्ष श्री तोरण मल्ल ठकुरी ज्युले गर्नुभएको थियो भने प्राविधिक सत्रका शुरुवात सँगै समग्र कार्यक्रमको समापन स्वास्थ्य कार्यालयका कार्यालय प्रमुख श्री प्रविण शर्मा ज्युले गर्नुभएको थियो। कार्यक्रमको संचालन पैयु गा.पा का स्वास्थ्य शाखा प्रमुख देवि प्रसाद भुर्तेल ज्युले गर्नुभएको थियो। कार्यक्रममा सहजिकरण स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका बरिष्ठ तथ्याङ्क अधिकृत टिकाराम शर्मा , सुचना प्रविधि अधिकृत नवराज भण्डारी र स्वास्थ्य कार्यालयका तथ्याङ्क फोकल पर्सन रामचन्द्र सुवेदीले गर्नुभएको थियो।कार्यक्रममा पैयुँ गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सहित ७ वटा वडाका वडाध्यक्ष,प्रमुख प्रशासकिय अधिकृत,शिक्षा शाखा प्रमुख सहित पैयुँ गाउँपालिकाका सबै स्वास्थ्य संस्थाको प्रतिनिधित्व हुने गरी २१ जना स्वास्थ्यकर्मिको सहभागिता रहेको थियो।
Download: पारिवारिक स्वास्थ्य प्रोफाईल सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न (पैंयू)
90
