• साईटम्याप
  • लो ब्यान्डविड्थ
  • स्क्रीन रीडर
  • 067-420119
  •   Dark
  • अ‌‌+ अ‌ अ‌-
  •   English

गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

प्रदेश जनस्वास्थ्य कार्यालय

कुश्मा, पर्वत, नेपाल

  • हाम्रो बारेमा
    हाम्रो बारेमा हाम्रा कार्यहरु नागरिक वडापत्र दरबन्दी संरचना कार्यालयका कर्मचारीहरु
  • सूचना तथा समाचार
    सूचना समाचार प्रेस विज्ञप्ती स्थानीय तह विशेष
  • मौजूदा कानून
    ऐन नियम
  • प्रकाशन
    प्रकाशन स्वतः प्रकाशन मासिक बुलेटिन विद्यालय स्वास्थ्य शिक्षा
  • डाउनलोड
    बोलपत्र विल तथा फारम अनुसुचि तथा फारामहरु निर्देशिका
  • मिडिया
    फोटोहरु भिडियोहरु
  • तालिमको विवरण
    आ व: २०८०-८१ आ.व २०८१-८२
  • सम्पर्क
  1. गृहपृष्ठ
  2. समाचार
  3. पर्वतमा दादुरा रुबेला खोप अभियानको प्रगति सत प्रतिशत भन्दा बढी

पर्वतमा दादुरा रुबेला खोप अभियानको प्रगति सत प्रतिशत भन्दा बढी



पर्वत : पर्वतमा दादुरा रुबेलाको खोप अभियानको प्रगति सत प्रतिशत भन्दा बढी भएको छ।
स्वास्थ्य कार्यालय पर्वतका खोप ‘फोकल पर्सन’ तथा सूचना अधिकारी जयेन्द्रमान गुरुङका अनुसार स्वास्थ्य सेवा विभागले जिल्लाका सात ओटा स्थानीय तहमा कुल छ हजार छ सय ३८ जनालाई खोप लगाउन लक्ष्य दिएको थियो। जबकि स्वास्थ्य कार्यालयले खोप अभियानको क्रममा सात हजार एक सय ३८ जनालाई खोप लगाएको छ। जुन दिइएको लक्ष्य भन्दा पाँच सयले बढी हो।
गत फागुन १३ गतेदेखि १७ गतेसम्म पहिलो चरणमा फलेवास नगरपालिका, महाशिला गाउँपालिका, बिहादी गाउँपालिका र पैयुँ गाउँपालिकाका बालबालिकाहरूलाई खोप लगाइएको थियो भने दोस्रो चरणमा फागुन २१ गतेदेखि २६ गतेसम्म कुश्मा नगरपालिका, मोदी गाउँपालिका र जलजला गाउँपालिकामा खोप अभियान चलेको थियो।
यो खोप अभियान सुरु हुनु पूर्व स्वास्थ्य सेवा विभागले पर्वतमा आठ हजार भन्दा धेरै बालबालिकाहरूलाई दादुरा रुबेला बिरुद्धको खोप लगाउने लक्ष्य दिएको थियो। तर खोप अभियान सुरु भएसँगै लक्ष्य घटेर आएको थियो। २०७९/८० को तथ्याङ्कमा आधारित रहेर विभागले नौ महिनादेखि पाँच वर्ष उमेर समूह भित्रका आठ हजार छ सय १२ जना बालबालिकाहरूलाई खोप लगाउन भनेको थियो। तर अभियान सुरु भएपछि २०८०/८१ को तथ्याङ्कमा आधारित रहेर विभागले छ हजार छ सय ३८ बालबालिकालाई खोप लगाउन भनेको थियो।
कार्यालय प्रमुख प्रवीण शर्माका अनुसार मोदी गाउँपालिकाका आठ सय ७८, जलजला गाउँपालिकाका नौ सय ६१, कुश्मा नगरपालिकाका दुई हजार एक सय ८५, फलेवास नगरपालिकाका एक हजार एक सय ९६, महाशिला गाउँपालिकाका चार सय २०, बिहादी गाउँपालिकाका छ सय ४० जना र पैयुँ गाउँपालिकाका सात सय ४८ जनालाई दादुरा रुबेलाको खोप लगाइएको छ। जबकि विभागले ती स्थानीय तहहरूमा क्रमशः आठ सय ७८, एक हजार ५८, एक हजार नौ सय पाँच, एक हजार ६२, चार सय ३८, पाँच सय ७६ र सात सय २१ जनालाई खोप लगाउने लक्ष्य दिएको थियो।
जिल्लाका नौ महिनादेखि पाँच वर्ष मुनिको उमेर समूहका कोही पनि बालबालिकाहरू खोपबाट नछुटेको बताउँदै कार्यालय प्रमुख शर्माले खोपको प्रगति एक सय सात प्रतिशत भन्दा पनि माथि पुगेको बताए। ‘अघिल्लो आर्थिक वर्षको लक्ष्य र हामीले जिल्लामा तयार पारेको तथ्याङ्क अनुसार सात हजार एक सय ३८ जनालाई खोप लगाउनुपर्ने थियो। पछि दिइएको लक्ष्यमा छ हजार छ सय ३८ भनिएको भए पनि हामीले भने अघिल्लो लक्ष्य अनुसारकै सङ्ख्यामा खोप लगाएका छौँ’, उनले भने, ‘अझै पनि कतिपय ठाउँमा बालबालिकाहरू छुटेका त छैनन्? भनेर हामीले स्थानीय तहहरूमार्फत बालबालिकाहरूको विवरण माग्ने र छुटेका भएमा खोप दिने काम गरिरहेका छौँ।’
दादुरा रुबेलालाई सन २०१९ मा उन्मूलन गर्ने भनिएको भए पनि सन २०२३ हुँदै अन्तिम लक्ष्य सन २०२६ सम्म पुगेको छ। कतिपयमा लगातार चार÷पाँच वर्ष लगाउँदा पनि प्रतिरक्षा प्रणालीमा राम्रो विकास नभएको पाइएका र पहिले छुटेका सबैलाई लक्षित समूहमा राखिएको थियो। गण्डकी प्रदेशमा दादुरा–रुबेलाको सङ्क्रमण नदेखिएको भनेर चर्चा भइरहेको बेलामा गत माघमा तनहुँमा यसको सङ्क्रमण देखिएको थियो। एक जनाबाट १८ जनासम्ममा रोग सर्न सक्ने भएकोले खोप लगाउने कुरामा कसैले पनि हिचकिचाउन नहुने स्वास्थ्यकर्मीहरुले बताउँदै आएका छन्।
नियमित रूपमा लगाउनुपर्ने खोपहरू डिपिटी हेप बी हिब, पिसिभी र आइपिभी खोपहरू छुटेका बालबालिकाहरूलाई पनि यही अभियानका क्रममा खोप लगाइएको छ।

साभार: सघन न्युज

Download: पर्वतमा दादुरा रुबेला खोप अभियानको प्रगति सत प्रतिशत भन्दा बढी


Share Tweet Share
107
महत्वपूर्ण लिंकहरु

  • प्रदेश तर्फ
  • संघ तर्फ
  • अन्य
  •   मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,गण्डकी प्रदेश,पोखरा
  •   भौतिक पूर्वाधार,शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   कानून,सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   अर्थ मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश नीति योजना आयोग, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश सभा, गण्डकी प्रदेश, पोखरा
  •   मुख्यन्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार, काठमाडौं
  •   गृह मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   अर्थ मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाहपथ, काठमाडौं
  •   स्वास्थ्य सेवा विभाग, टेकु, काठमाडौं
  •   लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौं
  •   परिवार कल्याण महाशाखा
कार्यालय भएकाे स्थान

सम्पर्क ठेगाना

गण्डकी प्रदेश सरकार

प्रदेश जनस्वास्थ्य कार्यालय
कुश्मा, पर्वत, नेपाल

067-420119

dhoparbat44@gmail.com

https://phoparbat.gandaki.gov.np

Developed By:Virtual Technology Pvt. Ltd. This site has been viewed Times
© Province Public Health Office 2026