बिश्व क्षयरोग दिवस (24 march, 2026) काे सन्दर्भमा तयारी बैठक
प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आयोजनामा मिति २०८२/१२/०५ गते प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको सभा हलमा बिश्व क्षयरोग दिवस (24 march, 2026) काे सन्दर्भमा तयारी बैठक सम्पन्न भएकोे छ। उक्त बैठकको अध्यक्षता प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका प्रमुख श्री बद्रिराज आचार्य ज्यू ले गर्नु भएको थियो। उक्त बैठकमा जिल्ला समन्वय समिति पर्वतका प्रमुख श्री विष्णु राम बिक, कोष तथा लेखा नियन्त्रक कार्यालय पर्वतका प्रमुख ज्ञान प्रसाद अर्याल, प्रदेश अस्पताल पर्वतका नि.मे.सु.डा ढुन्नीराज पाैडेल, फलेबास नगरपालिका, बिहादी गाउँ पालिका, पैंयू गाँपालिका, महाशिला गाउँपालिका, जलजला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख, कुश्मा नगरपालिकाका प्रतिनिधि, मोदी गाउँपालिकाका प्रतिनिधि तथा प्रदेश जनस्वास्थ्य कार्यालयका फाँट प्रमुख तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो। उक्त बैठकले बिश्व क्षयरोग दिवस २०८२ पर्वत जिल्लाका सबै स्थानीय तह तथा वडाहरूमा जनचेतना मुलक कार्यक्रम गरी भव्यताका साथ मनाउने, सोको लागी आवस्यक पर्ने स्वास्थ्य शिक्षा तथा सूचनाका सामग्री प्रदेश जनस्वास्थ्य कार्यालयले उत्पादन गरि पठाउने, चैत महिनामा टोल टोलमा गै क्षयरोगको खोज पडताल गर्ने, निर्णय भएको छ। साथै प्रदेश जनस्वास्थ्य कार्यालय पर्वत र फलेबास नगरपालिकाकाे संयुक्त आयोजनामा मिति २०८२/१२/१० गतेका दिन फलेबास नगरपालिकामा तहाँ नगरपालिकाका वडाहरूमा सेवारत महिला सामूदायिक स्वास्थ्य स्वयं सेविकाकाे सहभागितामा हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने निर्णय भएको छ।
Download: बिश्व क्षयरोग दिवस (24 march, 2026) काे सन्दर्भमा तयारी बैठक
2
