छुटेका तथा पुनर्ताजकी गर्नुपर्ने स्वास्थ्यकर्मीहरुलाई MNH सेवा र Pregnancy Registration and Tracing (PRTP) app, MPDSR सम्बन्धि अभिमुखिकरण कार्यक्रम
मिति २०८१/१२/२७ र २८ गते
प्रदेश जनस्वास्थ्य कार्यालय कुश्मा पर्वतको आयोजनामा छुटेका तथा पुनर्ताजकी गर्नुपर्ने स्वास्थ्यकर्मीहरुलाई MNH सेवा र Pregnancy Registration and Tracing (PRTP) app, MPDSR सम्बन्धि अभिमुखिकरण कार्यक्रमको दोश्रो व्याच प्रदेश जनस्वास्थ्य कार्यालय, पर्वतको कार्यालय प्रमुख बद्रीराज आचार्य ज्यूको अध्यक्षतामा सम्पन्न भएको छ ।
कार्यक्रमको सहजीकरण प्रदेश अस्पताल कुश्माका एम.डि. जि. पि , डा. मिलन अवाले, पदेश अस्पताल कुश्माका अस्पताल नर्सिङ निरिक्षक सुनिता नेपालि , मेडिक मोवाईलका प्रोगाम अफिसर नारायण रिजाल, प्रदेश जनस्वास्थ्य कार्यालयका जनस्वाथ्य अधिकृत अन्जली पि.सी र प.हे.न.नि सुमन शर्माले गर्नु भएको थियो । कार्यक्रममा मातृ तथा नवशिशुको वर्तमान अवस्था, pregnancy registration and tracing, MPDSR, Vitamin k, PPH Bundle Approach र Infection Prevention को विषयवस्तु जोडि प्रशिक्षण गरिएको थियो ।
गर्भावस्था तथा मातृ तथा नवशिशु स्वास्थ्य सेवाहरूमा गुणस्तरीयता कायम गर्न स्वास्थ्यकर्मीलाई थप दक्ष बनाउने आवश्यक छ ।स्वास्थ्यकर्मीहरूलाई गर्भवती महिलाको स्वास्थ्य विवरण संकलन गर्ने प्रणाली Pregnancy Registration and Tracking (PRTP) app, MPDSR तथा मातृ तथा नवशिशु स्वास्थ्य सेवा बारे जानकारी प्रदान गर्नुका साथै विगतमा यससँग सम्पादित क्रियाकलापहरुको समिक्षा गर्न यस कार्यक्रम गरिएको छ ।
कार्यक्रममा स्थानिय तहका र प्रदेश अस्पताल कुश्माका नर्सिङ कर्मचारीहरु, स्वास्थ्य चौकी प्रमुख र जनस्वास्थ्य कार्यालय पर्वतका शाखाका कर्मचारिहरु सहित २४ जनाको उपस्थिति रहेको थियो ।
248
