औषधी तथा औषधीजन्य सामाग्रीहरुको Quantification and Forecasting Workshop कार्यक्रम
मिति २०८२/१२/०५ देखि १२/०६ गते सम्म प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आयोजनामा जिल्लाका स्थानिय तहका स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्य शाखा प्रमुखहरुका लागि औषधी तथा औषधीजन्य सामाग्रीहरुको Quantification and Forecasting Workshop कार्यक्रम प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका कार्यालय प्रमुख बद्रीराज आचार्य ज्युको अध्यक्षतामा प्रदेश जनस्वास्थ्य कार्यालयको सभाहलमा सम्पन्न भएको छ। स्थानिय तहहरुमा आवश्यक पर्ने आधारभुत औषधीहरुको परिमाण निर्धारण, आवश्यक बजेटको अनुमान गर्ने,आपुर्ति योजना तयार गर्ने र आकलन गरिएको परिमाणसँग आर्थिक स्रोतको तुलना गर्ने उद्धेश्यले यो कार्यक्रम संचालन गरिएको छ। कार्यक्रमको संचालन प्रदेश जनस्वास्थ्य कार्यालयका तथ्याङ्क सहायक रामचन्द्र सुवेदीले गर्नुभएको थियो । कार्यक्रमा स्वागत मन्तब्य प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका जनस्वास्थ्य अधिकृत सन्देश पोख्रेलले राख्नुभएको थियो भने कार्यक्रममा जलजला गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य अधिकृत अञ्जली पि.सी,प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका तथ्याङ्क सहायक रामचन्द्र सुवेदीको सहजिकरण रहेको थियो। कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका कार्यक्रम फोकल पर्सन तथा जिल्लाका सातवटै स्थानीय तहवाट स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधि गरी जम्मा १५ जनाको सहभागिता रहेको थियो।
Download: औषधी तथा औषधीजन्य सामाग्रीहरुको Quantification and Forecasting Workshop कार्यक्रम
2
